ad ad

खेल


फेलिक्स चेल्सीमा अनुबन्ध, एथ्लेटिको मड्रिड डिपे भित्र्याउने तयारीमा

फेलिक्स चेल्सीमा अनुबन्ध, एथ्लेटिको मड्रिड डिपे भित्र्याउने तयारीमा

नेपालखबर
पुस २६, २०७९ मंगलबार २१:२२, काठमाडौँ

स्पेनिस क्लब एथ्लेटिको मड्रिडका फरवार्ड जोआओ फेलिक्स चेल्सीमा अनुबन्ध भएका छन्।

पोर्चुगिज स्टार फेलिक्सलाई चेल्सीले लनमा भित्र्याएको हो। उनका लागि पूरै तलव र ११ मिलियन पाउण्ड चेल्सीले खर्चिने छ। 

चेल्सी र फेलिक्सबिच सहमती भइसकेको छ। फेलिक्स मेडिकल जाँच र सम्झौतामा हस्ताक्षर गर्न चाँडै लन्डन पुग्ने छन्। एथ्लेटिको छाड्नुअघि फेलिक्सले सम्झौता २०२७ सम्म विस्तार गर्नेछन्।  

फेलिक्सलाई एथ्लेटिको मड्रिडले सन् २०१९ मा बेन्फिकाबाट ११३ मिलियन पाउण्डमा भित्र्याएको थियो। महंगो मुल्यमा भित्र्याए पनि सोचे अनुसार प्रदर्शन गर्न नसकेपछि उनलाई लनमा पठाएको हो। 

एथ्लेटिकोले बार्सिलोनाबाट ऋणमा भित्र्याएका एन्टोनी ग्रिजमनलाई स्थाई रुपमा अनुबन्ध गरिसकेको छ। यस्तै फेलिक्सलाई पठाएसँगै बार्सिलोनाबाटै नेदरल्याण्ड्सका फरवार्ड मेम्फिस डिपेलाई भित्र्याउने तयारी मड्रिडले थालेको छ। 

यी फरवार्डलाई बार्सिलोना जतिसक्दो चाँडो बिदा गर्न चाहन्छ। डिपेमाथि प्रिमियर लिगका क्लबहरुको पनि चासो छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .