खेल


जनकपुरमाथि लुम्बिनीले दियो १ सय ४४ रनको लक्ष्य

जनकपुरमाथि लुम्बिनीले दियो १ सय ४४ रनको लक्ष्य

नेपालखबर
पुस २४, २०७९ आइतबार १४:४, काठमाडौँ

नेपाल टी २० लिगको पहिलो क्वालिफायर खेलमा लुम्बिनी अल स्टार्सले जनकपुर रोयल्ससामु १ सय ४४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मेदानम जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४३ रनको योगफल तयार पारेको थियो। 

लुम्बिनीका लागि इसान पाण्डेले सर्वाधिक ३८ रनको योगदान दिदए। अनिल शाले २४ तथा लाहिरु मिलान्थाले १६ रन थपे। विपुल शर्मा २०, सेड्ली भान १७ रनमा पवेलियन फर्के। कप्तान दिपेन्द्र सिंह ऐरिले १० रन बनाए। 

जनकपुरका असान प्रियञ्जन र सोमपाल कामीले समान २ विकेट लिए। जितेन्द्र मुखिया र त्रिभोन ग्रिफ्त र पवन सर्राफले एक एक विकेट लिए। 

आजको खेलको विजेताले सिधै फाइनलमा स्थान पक्का गर्नेछ। पराजित टोलीले भने एलिमिनेटर खेलको विजेतासँग खेल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad