ad ad

राजनीति


प्रदेश १ मा एमाले र माओवादीले आधा–आधा कार्यकाल मुख्यमन्त्री चलाउने

प्रदेश १ मा एमाले र माओवादीले आधा–आधा कार्यकाल मुख्यमन्त्री चलाउने

नेपालखबर
पुस २४, २०७९ आइतबार १४:८, काठमाडौँ

नेकपा एमाले र माओवादी केन्द्रबीच प्रदेश १ मा आधा आधा कार्यकाल मुख्यमन्त्री बनाउने सहमति जुटेको छ।

प्रधाानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सो सहमति जुटेको प्रदेश १ का माओवादी सांसद इन्द्र आङ्बोले नेपालखबरलाई जानकारी दिए।

सहमति अनुसार पहिलो मुख्यमन्त्री एमालेले चलाउने छ । त्यसआधारमा हिक्मत कार्की आजै मुख्यमन्त्री नियुक्त हुनेछन्। यस्तै, माओवादीले सभामुख लिनेछ छ।

केन्द्रमा जुटेको सहमतिबारे ब्रिफिङ भएपछि अहिले प्रदेशका नेताहरु आन्तरिक छलफलमा जुटेका छन्। एमाले संसदीय दलका नेता हिक्मत कार्कीले दिउँसो ४ बजे प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्री दाबी गर्ने तयारी रहेको छ।

‘आधा आधा कार्यकाल हुनेगरी मुख्यमन्त्रीमा सहमति भएको छ,’ आङ्बोले भने, ‘सुरुमा एमालेबाट मुख्यमन्त्री बन्नेछन्।’

अहिले केहीबेरपछि मुख्यमन्त्रीकोलाई आवश्यक बहुमत लिएर प्रदेश प्रमुखलाई बुझाउने उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .