ad ad

खेल


पीपीएल: प्लेअफमा पुग्न विराटनगरलाई १३४ रनको लक्ष्य

पीपीएल: प्लेअफमा पुग्न विराटनगरलाई १३४ रनको लक्ष्य

नेपालखबर
पुस ९, २०७६ बुधबार ७:२३,

पोखरा प्रिमियर लिग(पीपीएल)को प्लेअफमा पुग्न विराटनगर टाइटन्सले बुटवल ब्लास्टरबाट १३४ रनको लक्ष्य पाएको छ।

खेल जितेर रनरेटमा काठमाडौं गोल्डेन्स वारियर्शलाई पराजित गर्न सकेँ विराटनगर इलिमिनेटरमा पुग्नेछ। त्यसका लागि विराटनगरलाई कम्तीमा १२.२ ओभरभित्र लक्ष्य पूरा गर्नुपर्ने बाध्यता छ। पराजित भए वा रनरेटमा काठमाडौं गोल्डेन्स भन्दापछि परे विराटनगर बाहिरिनेछ। बुटवलले भने यसअघि नै इलिमिनेटरमा स्थान बनाइसकेको छ।

अंकतालिकामा काठमाडौं ४ अंक छ भने उसको नेटरन रेट ०.३९ रनरेट छ। विराटनगरको २ अंक छ भने उसको नेटरनरेट –०.१७५ छ।

पोखरा रंगशालामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बुटवलले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३३ रन बनायो।

पहिलो बलमै किशोर महतोले बुटवलका आक्रामक ब्याट्सम्यान अफ्ताबुद्दिन अहमदलाई खाता खोल्नै नदिई विकेट किपर प्रदीप ऐरीको हातबाट क्याच गराए। दोस्रो विकेटका लागि हर्ष टंक र शंकर रानाले ३१ रनको साझेदारी गर्दै इनिङ्स अघि बढाए।

चौथो ओभरमा टंकले दीपेश श्रेष्ठलाई तीन चौका र एक छक्का प्रहार गर्दै बुटवलको इनिङ्स उकासेका हुन्। तर, छैटौं ओभरको चौथो बलमा शंकरलाई मोहम्मद जइद आलमलाई २ रनमै दीपेश श्रेष्ठको हातबाट क्याच गराउँदै पवेलियन फर्काए।

नयाँ ब्याट्सम्यान भीम सार्की समेत धेरै बेर क्रिजमा रहन सकेँनन्। उनलाई सहाब आलमले नवौं ओभरको पहिलो बलमा बोल्ड पारे। भीमले ५ रनमात्रै बनाए।

पुनित मेहराको १२औं ओभरमा आक्रामक बनेका टंकले नोबलमा सहित तीन छक्का र एक चौका प्रहार गर्दै रन गतीमात्रै बढाएनन् आफ्नो अर्धशतक समेत पूरा गरे। तर, दीपेश श्रेष्ठको अर्को ओभरमा ठूलो सट प्रहार गर्ने क्रममा टंकको ६७ रनको पारी सकियो। उनको ब्याटको माथिल्लो किनारामा लाग्दै माथि उठेको बललाई विकेटकिपर प्रदीप ऐरीले पछाडी दगुर्दै उत्कृष्ट क्याच समाते। ४४ बलमा टंकले ६ चौका र ५ छक्का प्रहार गरे। त्योसँगै शिवम सिंहसँगको उनको चौथो विकेटका लागि ४४ रनको साझेदारी समेत सकिएको थियो।

यस्तै सोमपाल कामी स्वास्थ्यका कारण नखेलेपछि कप्तानी गरेका सिद्धान्त लोहनीले ११ रनमात्रै जोड्न सकेँ। उनले २१ बलमा १ छक्का प्रहार गरे। लगत्तै क्रिजमा आएका रविन्द्रजंग शाहीले पनि खाता नै खोल्न सकेनन।

अन्तिम ओभरको पहिलो बलमा छक्का प्रहार गरेका शिवम सिंह दोस्रो बलमा बाउन्ड्रीमा क्याच भए। शिवमले २६ बलमा ३ चौका र १ छक्कासहित ३७ रन जोडे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .