ad ad

समाज


नागरिकता विवादः गोली लागेर प्रदर्शनकारीको मृत्यु भएको प्रहरीले स्वीकारे

नागरिकता विवादः गोली लागेर प्रदर्शनकारीको मृत्यु भएको प्रहरीले स्वीकारे

नेपालखबर
पुस ९, २०७६ बुधबार ७:१७,

यसबीचमा प्रहरीसँगको झडपमा २० भन्दा बढीको मृत्यु भइसकेको छ। यसबीचमा उत्तर प्रदेशमा प्रदर्शनले निकै हिंस्रक रुप लिएको थियो।

त्यहाँ १८ जनाको मृत्यु भइसकेको छ। जहाँ प्रहरीको गोली लागेर मात्र १४ जनाको मृत्यु भएको भारतीय संचारमाध्यमले जनाएका थिए।

प्रहरीले भने प्रहरीेको गोली लागेर कसैको मृत्यु नभएको प्रतिक्रिया जनाउँदै आएको थियो।

तर मंगलबार दुई वरिष्ठ प्रहरी अधिकारीले २० डिसेम्बरमा प्रहरीको गोली लागेर केही प्रदर्शनकारीको मृत्यु भएको हिन्दुस्ता टाइम्ससँगको कुराकानीमा पहिलोपटक स्वीकार गरेका छन्।

Related image

भारतको संसद्ले गैरकानुनी रूपमा अफगानिस्तान, बंगलादेश र पाकिस्तानबाट आउने गैरमुस्लिम आप्रवासीहरूलाई नागरिकता दिने प्रावधान भएको नागरिकता विधेयक पारित गरेपछि त्यहाँ विवाद मच्चिएको हो।

भारतले गैरमुस्लिमलाई मात्र नागरिकता दिन लागेको उल्लेख गरेपछि उक्त कानुन मुसलमान विरोधी भएको राष्ट्रसंघले बताएको छ।

त्यहाँ मुसलमान समुदायले विरोध गरिरहेका छन् भने त्यहाँका स्थानीय मानिसहरूले पनि छिमेकी देशहरुबाट आउने आप्रवासीको चेपुवामा आफूहरु पर्ने भन्दै आन्दोलन गरिरहेका छन्। एजेन्सी

 Image result for india protest 2019

 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .