कतारमा आयोजित फिफा विश्वकप २०२२ को क्रममा अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी बसेको कोठालाई संग्रहालय बनाइने भएको छ।
अर्जेन्टिनाले विश्वकपको उपाधि जितेसँगै कतारमा मेस्सी बसेको कोठालाई संग्रहालय बनाइन लागेको हो। आफ्नो टोलीलाई ३६ वर्षपछि उपाधि जिताएका मेस्सी यो प्रतियोगिताका उत्कृष्ट खेलाडीसमेत घोषित भएका थिए। उनले विश्वकपको फाइनल खेलमा पनि दुई गोल गरेका थिए।
कतार विश्वकपमा मेस्सी युनिभर्सिटी अफ कतार स्पेसमा बासेका थिए। अब उनी बसेको कोठ अब ‘सानो संग्रहालय’को रुपमा परिणत हुने कतारका अधिकारीहरुले बताएका छन्। कतार विश्वकपको क्रममा अर्जेन्टिनाको टोली फाइभ स्टार विलासी होटलको सट्टा महँगो युनिभर्सिटी क्याम्पसमा बसेका थिए।
कतार विश्वकपको पहिलो खेलमा नै अर्जेन्टिना साउदी अरेबियासँग २–१ गोल अन्तरले पराजित भएको थियो। उक्त हारपछि पुनरागमन गर्दै उसले समूह चरणका अन्य खेलमा मेक्सिको र पोल्याण्डलाई पराजित गर्दै माथिल्लो चरणमा पुगेको थियो।
मेस्सी बसेको कोठालाई यथास्थितिमा नै संग्रहालय बनाइने हो वा अन्यत्र कतै सारेर संग्रहालय बनाइन लागिएको हो भन्ने विषयमा भने कुनै जानकारी दिइएको छैन।

Shares

प्रतिक्रिया