ad ad

खेल


नेपाल टी२० लिगमा लुम्बिनी अल स्टार्सको लगातार तेस्रो जित

नेपाल टी२० लिगमा लुम्बिनी अल स्टार्सको लगातार तेस्रो जित

नेपालखबर
पुस १२, २०७९ मंगलबार १२:५५, काठमाडौँ

स्याड्ली भानको अलराउण्ड प्रदर्शनमा पोखरा एभेन्जर्सलाई पराजित गर्दै लुम्बिनी अल स्टार्सले नेपाल टी २० लिगमा लगातार तेस्रो जित दर्ता गरेको छ। 

लुम्बिनीसँग ३ विकेटले पराजित भएको पोखराले लिगमा लगातार तेस्रो हार व्यहोरेको हो। जितसँगै लुम्बिनीले ३ खेलबाट ६ अंक जोडेर तालिकाको शीर्ष स्थानमा छ। लगातार तेस्रो खेलमा हार भोगेको पोखरा अंकविहिन रुपमा तालिकाको पुछारमा छ। 

पोखराले दिएको १३४ रनको लक्ष्य लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै भेट्टटायो। 

लुम्बिनीका स्यााड्ली भान ३१ र किशोर महतो १ रनमा नटआउट रहे। ११ बलको सामना गरेका स्याड्लीले ४ छक्का हाने। स्याड्लीले अन्तिम बलमा छक्का प्रहार गर्दै लुम्बिनीको अपराजित यात्रालाई कायम राखेका हुन्। 

कुशल भुर्तेलले सर्वाधिक ३९ रन जोडे। २८ बलको सामना गरेका उनले ४ चौका र २ छक्का हाने। उम्मुक्त चन्दले २२ तथा अनिल शाहले १९ रन थपे। 

पोखराका कुशल मल्ल र विपिन खत्रीले समान २ विकेट झारे। २ ओभर बलिङ गरेका कुशलले ८ रन खर्चे। जाहिर खान, प्रतिश जिसी र अभिमन्यु मिथ्युनले एक एक विकेट लिए। 

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको पोखरले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३३ रनको योगफल तयार पारेको थियो। 

एक समय ८.२ ओभरमा २–२० को अवस्थामा रहेका पोखराको तेस्रो विकेटका लागि युपुल थराङगा र कुशल मल्लले ९६ रनको साझेदारी गरेपछि पोखराले सम्मानजनक योगफल तयार पारेको हो। थराङगा ४२ रनको योगदान दिदै पवेलियन फर्के। ५१ बलको सामना गरेका उनले ५ चौका र ५ छक्का हाने। 

कुशल मल्ल ६१ रनमा आउट भए। ३१ बलको सामना गरेका कुशलले ५ चौका र ५ छक्का हाने। कुशल मल्लले २४ बलमा ३ चौका र ५ छक्का हान्दै अर्धशतक पुरा गरेका थिए। 

कप्तान शरद भेषावकर ५ रनमा क्याच आउट भए। ओपनर अमिर हम्जा ४ र आशिफ शेख ६ रनमा आउट भए। ३ ब्याटर शुन्य रनमा आउट भए। 

लुम्बिनीका लागि साड्ली भान एक्लैले ३ विकेट लिए। उनले आफ्नो स्पेलमा २७ रन खर्चे। किशोर महतोले २ विकेट झारे। सागर ढकाल, गुल्सन झा र हरमित सिंहले एक एक विकेट आफ्नो नाममा गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .