ad ad

राजनीति


सरकारका प्रवक्ता भन्छन् : प्रधानमन्त्रीमा प्रचण्डको दाबी स्वभाविक, गठबन्धन टुट्दैन

सरकारका प्रवक्ता भन्छन् : प्रधानमन्त्रीमा प्रचण्डको दाबी स्वभाविक, गठबन्धन टुट्दैन

फाइल तस्बिर


नेपालखबर
पुस १०, २०७९ आइतबार १३:३६, काठमाडौँ

सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्री पदमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दाबी स्वभाविक भएको बताएका छन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकपछि बोल्दै उनले यस्तो बताएका हुन्। 

'अहिले केही निष्कर्ष निस्किएन। फेरि छलफल हुन्छ, त्यसपछि जे निर्णय हुन्छ हामी सुनाउँछौँ', उनले भने, 'प्रधानमन्त्रीमा प्रचण्डजीको दाबी हुनु स्वभाविक हो। छलफलको माध्यमबाट हामी निष्कर्षमा पुग्छौँ।'

उनले सत्ता गठबन्धन अहिले नटुट्ने पनि बताएका छन्। 'हामी गठबन्धनलाई जोगाइराख्न हामी छलफलमा छौँ। 

प्रधानमन्त्री (शेरबहादुर देउवा) ले निष्कर्षमा पुर्‍याएर लानु हुन्छ', उनले भने, 'सबै कुरा अन्तिममा हुन सक्छ। गठबन्धन मुलुकको आवश्यकता हो, यसलाई जनताले अनुमोदन गरेका छन्।'

उनले अहिले निष्कर्षमा नपुगेकाले फेरि बैठक बस्ने बताए। 'निष्कर्षमा पुगेको भए त भनिजान्थेँ नि', उनले भने, 'आन्तरिक छलफलको पनि आवश्यकता छ।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .