ad ad

खेल


टी–२० लिगमा लुम्बिनी अल स्टार्सको लगातार दोस्रो जित

टी–२० लिगमा लुम्बिनी अल स्टार्सको लगातार दोस्रो जित

नेपालखबर
पुस १०, २०७९ आइतबार १३:८, काठमाडौँ

लुम्बिनी अल स्टार्सले नेपाल टी–२० लिगमा लगातार दोस्रो जित दर्ता गरेको छ। आइतबार भएको खेलमा लुम्बिनीले विराटनगर सुपर किंग्स्लाई ३ रनले हराएको हो। 

जितसँगै लुम्बिनी अंक तालिकाको शीर्ष स्थानमा छ। 

लुम्बिनीले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रनमात्र बनाउन सक्यो। 

विराटनगरका लागि हुसैन तलातले सर्वाधिक ३९ रन बनाउँदा क्याच आउट भए। रोहित पौडेल २५, पृथु बास्कोटा १८, सिकन्दर राजा १७ रनमा पवेलियन फर्के। कप्तान एन्ड्री ११ र विवेक यादव १२ रनमा नटआउट रहे। 

लुम्बिनीका किशोर महतोले २ तथा पथ ब्राउन, गुल्सन झा, दिपेन्द्र सिंह ऐरि र सागर ढकालले समान एक विकेट झो। 

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १५७ रनको योगफल तयार पारको थियो। 

लुम्बिनीका लाहिरु मिलन्थाले ८० रनको महत्वपुर्ण पारी खेले। ६३ बलको सामना गरेका उनले ५ चौका र ४ चौका हाने। कुशल भुर्तेलले २६, दीपेन्द्रसिंह ऐरीले १६ तथा विपुल शर्माले ११ रन थपे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .