गत ट्रान्सफर विन्डोमा स्पेनिस च्याम्पियन बार्सिलोनाले फ्रान्सेली क्लब पीएसजी गएका नेमार जुनियरलाई फर्काउन भरमग्दुर प्रयास गरेकै हो।
नेमार पनि आफूले गल्ती गरेको महसुस गरी बार्सिलोना आउन चाहन्थे। तर, पीएसजीले प्रस्ताव अस्वीकार गर्दा यो प्रयास सफल हुन सकेन।
यद्यपि यो असफलताले पनि बार्सिलोनालाई निरास पारेको छैन। आगामी बर्खे ट्रान्सफर विन्डोमा नेमारलाई भित्र्याउन बार्सिलोनाले फेरि प्रयास गर्ने भएको छ।
त्यसका लागि वित्तीय तयारी पनि बार्सिलोनाले सुरु गरिसकेको छ।
खेलाडी बेचेर नेमारलाई किन्न चाहिने रकमको आधाजति जुटाउने उसको लक्ष्य छ।
नेमारलाई फिर्ता ल्याउन बार्सिलोनाका पदाधिकारी मात्र होइन, लियोनल मेसी र लुइस स्वारेजस्ता खेलाडी पनि इच्छुक रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। एजेन्सी
प्रतिक्रिया