मेस्सीले ला लिगामा ३६ गोल गर्दै किर्तिमानी छैठौं गोल्डेन बुट जिते। एमबाप्पे ३३ गोलसहित यस प्रतिस्पर्धामा दोस्रोमै सिमित रहे।
एमबाप्पे भन्छन्,‘गत सिजन मैले गोल्डेन बुट जित्छु भन्ने लागेको थियो। मैले सबैलाई चुनौती दिन्छु भन्ने लागेको थियो। तर मेस्सीलाई पछाडि पार्ने मेरो सपना असम्भव बन्यो।’
सिजनका खेलहरु समाप्त हुनै लाग्दा मेस्सी र एमबाप्पे बीच गोल्डेन बुटका लागि कडा प्रतिस्प्र्धा भएको थियो।
‘मैले दुई गोल गरे भने मेस्सीले तीन गोल गर्थे। मैले ३ गरे मेस्सीले ४। अन्ततः मैले प्रतिस्पर्धामा मेस्सीसँग हारे।’ एमबाप्पेले भने।
एमबाप्पेका अनुसार फ्रान्सका राष्ट्रिय खेलाडी ओउसमान डेम्बेलेलाई उनले मेस्सीबारे सोधेका थिए।
बार्साबाट मेस्सीसँगै खेलिरहेका डेम्बेलेलाई एमबाप्पेले सोधेका थिए,‘के मेस्सीले मेरा गोल हेर्छन्?’
डेम्बेलेले मेस्सीले उनका गोलहरु हेर्ने बताएपछि एमबाप्पेले आफू निकै खुशी भएको सुनाउँछन्। मार्का

प्रतिक्रिया