ad ad

खेल


ब्राजिलका युवा स्टार प्रोडिजी एन्ड्रीक रियल मड्रिडमा आवद्ध

ब्राजिलका युवा स्टार प्रोडिजी एन्ड्रीक रियल मड्रिडमा आवद्ध

नेपालखबर
पुस १, २०७९ शुक्रबार ११:५३, काठमाडौँ

ब्राजिलका युवा स्टार प्रोडिजी एन्ड्रीक रियल मड्रिडमा जोडिएका छन्।

ब्राजिलियन क्लब पाल्मीरासका १६ वर्षिय एन्ड्रीक सन् २०२४ पछि रियलबाट युरोपियन र स्पेनिस च्याम्पियनसिपमा देखिनेछन्। 

विश्व फुटबलको सर्वोच्च निकाय फिफाको नियम अनुसार १८ वर्षभन्दा कम उमेरको खेलाडीलाई विदेश पठाउन पाइँदैन।

पाल्मीरास र रियलले एन्ड्रीकसँगको सम्झौताबारे भने केही खुलाएका छैनन्। एन्ड्रीकले केही समयपछि उनको नयाँ क्लबको भ्रमणका लागि स्पेन पुग्नेछन्। 

एन्ड्रीकले आफ्नो क्लबलाई धन्यवाद दिदै भने, ‘पाल्मीरास सँधै मेरो मनमा छ, मेरो र मेरो परिवारको सपनाहरु पुरा गर्न सहयोग गर्न मद्धत गरेकोमा धन्यवाद!’

रियलमा जोडिएपछि आफुले अझै मेहनत गर्ने बताउँदै राम्रो प्रर्दशन गर्ने सुनाएका छन्। एन्ड्रिक पाल्मीरासको इतिहासमा सबैभन्दा कान्छा खेलाडी र गोलकर्ता हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .