ad ad

ग्लोबल


चीनसँगको भिडन्तबारे बोल्यो भारतीय सेना, भन्यो–हामी हरेक परिस्थितिका लागि तयार छौं

चीनसँगको भिडन्तबारे बोल्यो भारतीय सेना, भन्यो–हामी हरेक परिस्थितिका लागि तयार छौं

पूर्वी कमान्ड प्रमुख लेफ्टिनेन्ट जनरल आरपी कलिता


नेपालखबर
पुस १, २०७९ शुक्रबार १२:५, काठमाडौँ

भारतीय सेनाको पूर्वी कमान्डका प्रमुख लेफ्टिनेन्ट जनरल आरपी कलिताले चिनियाँ सैनिकसँग भिडन्त भएको अरुणाचल प्रदेशको तवाङ सेक्टरको  स्थिति अहिले नियन्त्रणमा रहेको बताएका छन्।

शुक्रबार बिहान सञ्चारमाध्यमसँग कुरा गर्दै कलिताले भने, ‘चीनका सेनाले एलएसी पार गरेका थिए, जसको विरोध गर्दा दुवै पक्षका सैनिकहरू घाइते भए।’ 

‘स्थानीय तहमा यो विषय समाधान भइसकेको र बुम्लामा फ्ल्याग मिटिङ पनि भएको र अहिले स्थिति नियन्त्रणमा रहेको’ उनको भनाइ छ। 

यससँगै लेफ्टिनेन्ट जनरल आरपी कलिताले भने, ‘सेनाको हैसियतमा हामी आफ्नो देशको रक्षा गर्न सदैव तयार छौं । शान्ति होस् वा द्वन्द्व, बाह्य वा आन्तरिक खतराहरू विरुद्ध देशको क्षेत्रीय अखण्डता सुनिश्चित गर्नु प्राथमिक कार्य हो। हामी सबै परिस्थिति र आकस्मिक परिस्थितिका लागि तयार छौं।’ बीबीसी हिन्दी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .