खेल


विश्वकप फुटबलका फाइनलसहित ४ महत्त्वपूर्ण खेल हेर्न पैसा नलाग्ने (आदेशसहित)

विश्वकप फुटबलका फाइनलसहित ४ महत्त्वपूर्ण खेल हेर्न पैसा नलाग्ने (आदेशसहित)

नेपालखबर
कात्तिक ३०, २०७९ बुधबार १७:२५, काठमाडौँ

विश्वकपका फुटबलका सबै खेल हेर्न नेपाली टेलिभिजन दर्शकले थप शुल्क तिर्नुपर्ने भए पनि चार खेल भने अतिरिक्त शुल्क नतिरे पनि हेर्न सकिने भएको छ। 

मंसिर ४ गते हुने आयोजक कतार र इक्वेडर तथा दुवै सेमिफाइनल र फाइनल खेल भने अतिरिक्त शुल्क नबुझाएका ग्राहकको टेलिभिजनमा पनि प्रशारण हुने भएको हो। 

विश्वकप फुटबलका सबै खेल हेर्न भने थप ५ सय रुपैयाँ तिर्नुपर्ने भएको छ। थप शुल्क उठाउने निर्णयविरुद्ध परेको रिटमा सर्वोच्चले यसअघि दिएको आदेश खारेज गर्दै शुल्क उठाउन मिडिया हबलाई बाटो खोलिदिएको हो। 

‘विश्वकप फुटबल २०२२ प्रसारण गर्न छुट्टै ५ सय शुल्क तिरि छुट्टै टिभी च्यानल मार्फत फुटबलका उपभोक्ताले हेर्न पाउने कुरा नियमित नभई नितान्त स्वैच्छिक देखिन्छ भने विपक्षी मिडिया हब प्रालि र हिमालयन नेटवर्क प्रालिबिच भएको सम्झौताको अनुसूची ३ को २.१ को –बी) को –आई) र (आईआई) मा उद्घाटन खेल, दुवै सेमिफाइनल र फाइनल खेल निशुल्क देखाउनु पर्ने भन्ने उल्लेख भएको देखिँदा केही खेलहरु निशुल्क प्रसारित गर्नु पर्ने भन्ने देखिएबाट महत्वपुर्ण इभेन्टसहरु निशुल्क हेर्न पाइने अवस्था समेत देखिन्छ’, सर्वोच्चको बुधबारको आदेशमा भनिएको छ। 

मिडिया हबलाई विश्वकप फुटबल प्रशारण गर्न सूचना तथा प्रशारण विभागले वैशाख ६ गते स्वीकृति दिएको थियो। मिडिया हबले सोही स्वीकृतिलाई आधार बनाएर थप शुल्क उठाउने प्रक्रिया सुरु गरेपछि दुई अधिवक्ता किशोर पौडेल र अनुपम भट्टराईले कात्तिक २० गते रिट दायर गरेका थिए। 

२२ गते न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले थप शुल्क लिने निर्णय तत्काल कार्यन्वयन नगर्न आदेश दिएका थिए। तर बुधबार न्यायाधीश प्रकासकुमार ढुंगाना र मनोजकुमार शर्माको इजलासले त्यो अल्पकालीन आदेशलाई निरन्तरता नदिने निर्णय गरेपछि मिडिया हबले थप शुल्क उठाउन अनुमति पाएको हो। 

अब विश्वकपका सबै खेल हेर्न चाहने दर्शकले भने प्रति सेटपबक्स ५ सय रुपैयाँ तिर्नु पर्ने भएको छ। उद्घाटन, सेमिफाइनल र फाइनल खेल भने थप शुल्क नतिर्ने ग्राहकको टेलिभिजनमा पनि प्रसारण हुनेछ।

यस्तो छ आदेश 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .