इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार भएको खेलमा लिभरपुलले साउथाम्टनमाथि ३–१ गोल अन्तरको जित हात पारेको छ।
शनिबारको खेलमा लिभरपुललाई जित दिलाउने क्रममा खेलको छैटौं मिनेटमा रोबर्टो फमिन्होले गोल गरेका थिए।
त्यस्तै डार्विन नुएजले दुई गोल थपेका थिए। खेलको नवौं मिनेटमा विपक्षी टोलीका चे एडम्सले एक गोल थपे पनि टोलीको हार भने टार्न सकेनन्।
यससँगै लिभरपुल लिगको छैटौं स्थानमा उक्लिएको छ। उसले १४ खेलबाट २२ अंक जोडेको छ।
126
Shares
प्रतिक्रिया