ad ad

खेल


लगातार तेस्रो हारपछि प्रधानमन्त्री कपबाट बागमती बाहिरियो

लगातार तेस्रो हारपछि प्रधानमन्त्री कपबाट बागमती बाहिरियो

फाइल फोटाे


नेपालखबर
कात्तिक १६, २०७९ बुधबार १६:४३, काठमाडौँ

लगातार तेस्रो हार व्यहोर्दै बागमती प्रदेश प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ। 

बुधबार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनी प्रदेशसँग ८ विकेटले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको छ। यता लुम्बिनीले भने पहिलो जित दर्ता गरेको हो। 

बागमतीले दिएको १५५ रनको लक्ष्य लुम्बिनीले ३५।४ ओभरमा २ विकेट गुमाएर भेट्टायो। 

बागमतीमाथि सहज जित निकाल्न कप्तान देव खनालले ७७ रनको अविजित पारी खेले। उनले ११९ बलमा ८ चौका र २ छक्का हो। 

सन्दीप रजाली २९ रनमा नटआउट रहे। प्रज्वल थापा २९ र आकाश त्रिपाठी ३ रनमा पवेलियन फर्के। 

बागमतीका रिजन ढकाल र प्रतिश जिसीले समान एक विकेट लिए। 

त्यसअघि टस जितेर ब्याटिङ गरेको बागमती प्रदेश ३८‍.१ ओभरमा १५४ रन बनाउँदा अलआउट भयो। 

बागमतीका लागि कप्तान ज्ञानेन्द्र मल्लले ३३ रन बनाए। दुर्गेश थापा ३२, आशुतोष घिरैया २२, प्रतिश जिसीले १५ रन थपे। राम नरेश गिरि १० रनमा नटआउट रहे। 

लुम्बिनीका अनिल खरेलले ४ विकेट झारे। अविशेक गौतम र विशाल विक्रम केसीले समान २ विकेट लिए। मोहम्मद हुसेन र कृष्ण काकीले एक एक विकेट झारे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .