आईसीसी टी२० विश्वकप क्रिकेट अन्तर्गत बिहीबार भएको खेलमा जिम्बाबेले पाकिस्तानमाथि एक रनको रोमाञ्चक जित हात पारेको छ।
बिहीबारको खेलमा जिम्बाबेले दिएको १३१ रनको लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १२९ रन मात्र बनाउन सक्यो।
पाकिस्तानका लागि शान मसुदले सर्वाधिक ४४ रनको पाली खेले पनि महत्वपूर्ण समयमा उनी आउट भएका थिए। यससँगै पाकिस्तान समस्यामा देखिएको थियो। यद्यपि मोहम्मद नवाज र मोहम्मद वासिमले जिम्मेवारीपूर्ण ब्याटिङ गर्दै इनिङलाई उकासेका थिए।
उनीहरुले टोलीलाई अन्तिम तीन बलमा तीन रन चाहिने अवस्थामा पुर्याएका थिए। तर, पाकिस्तानले अन्तिम तीन बलमा केवल एक रन मात्र बनाउन सक्यो।
पाकिस्तानलाई रोक्ने क्रममा जिम्बाबेका सिकन्दर राजाले ३ विकेट लिए भने ब्राड इभान्सले २ विकेट लिए।
यसअघि ब्याटिङ गरेको जिम्बाबेले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा १३० रन बनाएको थियो। पाकिस्तानका लागि मोहम्मद वासिमले ४ तथा शहाब खानले तीन विकेट लिएका थिए।
यससँगै पाकिस्तान विश्वकपको सुपर १२ बाटै बाहिरिने सम्भावना बढेको छ। यसअघि पहिलो खेलमा पाकिस्तान भारतसँग पराजित भएको थियो।
Shares
प्रतिक्रिया