ad ad

खेल


बायर्नसँग फेरि हार्यो बार्सिलोना, समूह चरणमै सकियो च्याम्पियन्स लिग यात्रा

बायर्नसँग फेरि हार्यो बार्सिलोना, समूह चरणमै सकियो च्याम्पियन्स लिग यात्रा

नेपालखबर
कात्तिक १०, २०७९ बिहिबार ८:५८, काठमाडौँ

यो सिजन ठूलो लगानीसहित खेलाडी भित्र्याएको बार्सिलोना च्याम्पियन्स लिगको समूह चरणबाटै घर फर्किएको छ। 

जाभीलाई मुख्य प्रशिक्षकका रुपमा भित्र्याएपछि उत्कृष्ट नतिजा अपेक्षा गरिए पनि प्रमुख खेलाडी लियोनेल मेस्सीले क्लब छाडेको दोस्रो वर्ष पनि बार्सा समूह चरणबाटै बाहिरिएको हो। 

बुधबार राति भएको खलेमा जर्मन च्याम्पियन बायर्न म्युनिखसँग ३-० ले पराजित भएसँगै बार्सा दोस्रो सिजन अन्तिम १६ मा पुग्न नसकेको हो। 

घरेलु मैदानमा भएको प्रतिस्पर्धामा बार्साले बायर्नविरुद्ध कुनै जादु देखाउन सकेन भने प्रमुख स्ट्राइकर रोबर्ट लेवान्डोस्की पनि गोलविहीन बने। 

बायर्ना लागि खेलको दसौँ मिनेटमा साडियो मानेले गोल गरेर अग्रता दिन सफल भए। त्यसपछि खेलको ३१ औँ मिनेटमा बायर्नका लागि चुपो मोटिङले गोल गरेपछि बायर्यन २-० ले अघि बढ्यो।

पहिलो हाफमा दुई गोल गरेको बायर्नका लागि खेलको अन्तिम समयमा बेन्जामिन पाभर्डले गोल गरेर ३-० को जित निकाल्न सफल भए। 

बार्सालाई फेरि स्तब्ध बनाएकव बायर्न समूह 'सी' मा ५ खेलबाट १५ अंक जोडेर शीर्ष स्थानमा छ। ऊ अन्तिम १६ मा पुगिसकेको छ। 

तर पराजित बार्सिलोना केवल ४ अंकमा समेटिँदै युरोपा लिगमा पुगेको छ। यही समूहबाट इटालियन क्लब इन्टर मिलानले पनि अन्तिम १६ को यात्रा तय गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .