ad ad

खेल


२० खेलपछि टुंगियो रियल मड्रिडको विजय यात्रा

२० खेलपछि टुंगियो रियल मड्रिडको विजय यात्रा

नेपालखबर
कात्तिक ९, २०७९ बुधबार ८:३२, काठमाडौँ

स्पेनिस क्लब रियल मड्रिड च्याम्पियन्स लिगअन्तर्गत समूह चरणको खेलमा जर्मन क्लब आरबी लाइपेजिगसँग पराजित भएको छ।

ययसँगै रियलले २० खेलयता कायम गर्दै आएको अपराजित यात्रालाई पनि लाइपेजिगले टुंग्याइदिएको छ। यद्यपि यो हारका बाबजुद रियलले अन्तिम १६ को यात्रा तय गरिसकेको छ।

लाइपेगिजविरुद्ध दोस्रो रोजाइका खेलाडी उतारेको रियल मे ८ यता पराजित भएको थिएन। तर च्याम्पियन्स लिग भिडन्तमा लाइपेजिगले उसलाई ३-२ गोलअन्तरको हार चखाइदिएको हो। 

यससँगै लाइपेजिगले अन्तिम १६ मा पुग्ने सम्भावनालाई बलियो बनाएको छ। लाइपेजिगका लागि जिभारडिल, क्रिस्टोफर एनकुनु र टिमो वार्नरले गोल गरेर जित पक्का गरे। 

यससँगै समूह ‘एफ’ मा रहेको लाइपेजिगले ५ खेलबाट ९ अंक बनाएको छ। उता रियलले १० अंक बनाएको छ। 

लाइपेगिजले अब यो समूहमा ६ अंकसहित तेस्रो स्थानमा रहेको युक्रेनी क्लब साख्तर डोनेस्कसँग खेल्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .