ad ad

ग्लोबल


चिनियाँ कम्युनिस्ट पार्टीको सम्मेलनबाट यसरी निकालिएको थियो पूर्वराष्ट्रपति हु जिन्ताओलाई (भिडिओ)

चिनियाँ कम्युनिस्ट पार्टीको सम्मेलनबाट यसरी निकालिएको थियो पूर्वराष्ट्रपति हु जिन्ताओलाई (भिडिओ)

नेपालखबर
कात्तिक ९, २०७९ बुधबार ८:५३, काठमाडौँ

चिनियाँ कम्युनिस्ट पार्टीको २०औं राष्ट्रिय सम्मेलन सम्पन्न भएको आज चार दिन बितिसकेको छ। गत शनिबार सम्पन्न चिनियाँ कम्युनिस्ट पार्टीको राष्ट्रिय सम्मेलनले पुनः राष्ट्रपति सी चिनफिङलाई तेस्रोपटक महासचिव चयन गरेको छ। 

सीले पार्टीका स्थायी कमिटी, पोलिटब्युरो कमिटी र केन्द्रीय कमिटी पनि गठन गरिसकेका छन्। 

तर सम्मेलन सकिने दिन ग्रेट हल अफ द पिपलमा भएको एउटा घटना भने अझै चर्चामा छ। त्यस दिन भएको घटना हो– समापन समारोहमा सहभागी चीनका पूर्वराष्ट्रपति हु जिन्ताओलाई हलबाट निकालिनु।

जुन घटनाको भिडिओ सिंगापुरको च्यानल न्युज एसियाले सार्वजनिक गरेको छ। करिब ३ मिनेटको भिडिओमा जिन्ताओलाई हलबाट निकालिएको देखाइएको छ। 

उनलाई कुर्सीबाट उठाउनुअघि उनको बायाँतिर बसेका जनकंग्रेसका सभामुख ली चाङ्सु जिन्ताओको फाइल लिन्छन् र कानमा केही कुरा भन्छन्। त्यसपछि एक जना व्यक्ति आउँछन् र राष्ट्रपति सी चिनफिङले केही भनेपछि उनले जिन्ताओलाई सिटबाट उठाउन खोज्छन्। तर जिन्ताओ उठ्न मान्दैनन्। तर एकछिनपछि उनलाई सिटबाट उठाइन्छ। र, दुई जना व्यक्तिले उनलाई हलबाट बाहिर लिएर जान्छन्।

चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार स्वास्थ्य अवस्थाका कारण जिन्ताओलाई हलबाट निकालिएको हो। तर कतिपयले जिन्ताओको समय सकिएको सन्देश दिन चिनफिङले ‘पोलिटकल ड्रामा’ गरेको दाबी गरेका छन्।  

हु जिन्ताओ चिनफिङ महासचिव चुनिनुअघि सन् २०१२ मा चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव तथा चीनका राष्ट्रपति थिए। उनी अहिले ७९ वर्षका भए।

हेर्नुहाेस् त्याे भिडिओ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .