समाज


मनाइयो दोस्रो राष्ट्रिय झण्डा दिवस

मनाइयो दोस्रो राष्ट्रिय झण्डा दिवस

नेपालखबर
पुस १, २०७६ मंगलबार ८:२,

दोस्रो राष्ट्रिय झण्डा दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ। राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपाल र राष्ट्रिय पोसाक संरक्षण महाअभियान नेपालले गत वर्षबाट यो दिवस मनाउँदै आएको छ।

नेपालको राष्ट्रिय झण्डाको पर्व मनाउनुपर्छ भन्ने उद्देश्यले गत वर्षबाट डिसेम्बर १६ मा यो दिवस मनाउन थालिएको अभियान्ता राजानन्द माण्डव्यले बताए। राष्ट्रिय झण्डा विश्वसामु स्वतन्त्र भए पनि नेपालमा नारा, जुलुस र बन्द, हडतालमा यसको प्रयोग बढिरहेको उनले बताए।

jhanda nepal 1

‘गाडीमा प्रयोग भएको झण्डा च्यातिएको अवस्थामा छ भने तिनै झण्डा फहराएर हिँडेका छन् । झण्डा कुनै एउटा टालो वा कपडाको टुक्रा होइन यो राष्ट्रको पहिचान हो’, उनले भने।

jhanda nepal 2

राष्ट्रिय झण्डाको महत्व नै थाहा नपाएर यसको प्रयोग बढेको भन्दै उनले असन्तुष्टि समेत जनाए। झण्डामा प्रयोग भएको चन्द्र, सूर्यको महत्व कसैलाई थाहा छैन। पाँचवटा कुनाको भ्यालु के हो त्यो पनि कसैर्लाइ थाहा छैन’, उने भने, ‘झण्डा बोक्नु ठूलो कुरा होइन। यसको मान, सम्मान र आचारसंहिता बुझ्नु जरुरी छ।’

सन् १९६२ डिसेम्बर १६ मा अन्तर्राष्ट्रिय रुपमा नेपाली राष्ट्रिय झण्डाको रुपमा स्थापना गरिएको दिनको सम्झनामा दिवस मनाउन सुरु गरिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad