इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर सिटीदे ब्रिंघटनमाथि ३–१ गोल अन्तरको जित हात पारेको छ।
शनिबारको खेलमा म्यानचेस्टर सिटीलाई जित दिलाउने क्रममा एर्लिङ हालान्डले २२ औं र ४३ औं मिनेटमा पेनाल्टीमार्फत गरी दुई गोल गरे।
खेलको ५३ औं मिनेटमा विपक्षी टोलीका लागि लियन्द्रो ट्रोसार्डले गोल गरे पनि ७५ औं मिनेटमा केभिन डि ब्रूयनले गोल गर्दै सिटीको जित सुनिश्चित गरेका थिए।
यससँगै लिगमा सिटीले ११ खेलबाट २६ अंक हात पारेको छ।
36
Shares
प्रतिक्रिया