ad ad

राजनीति


४ प्रदेशमा सकियो सत्ता गठबन्धनको संयुक्त भेला, आज धनगढी र सुर्खेतमा

४ प्रदेशमा सकियो सत्ता गठबन्धनको संयुक्त भेला, आज धनगढी र सुर्खेतमा

पाँच दलिय गठबन्धनद्वारा शनिबार जनकपुरधाममा आयोजित मधेश प्रदेश स्तरीय भेलामा सहभागी हुने क्रममा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललगायत। तस्बिर: रोशन सापकोटा, रासस


नेपालखबर
कात्तिक ६, २०७९ आइतबार ७:४७, काठमाडौँ

सत्तारुढ पाँच दलीय गठबन्धनले आज (६ कात्तिक) सुदूरपश्चिम र कर्णाली प्रदेशमा संयुक्त भेला गर्दै छ। नेकपा माओवादी केन्द्रको समन्वयमा सुदूरपश्चिमको धनगढी र कांग्रेसको समन्वयमा कर्णाली प्रदेशको सुर्खेतमा भेला आयोजना हुने बताइएको छ। 

सत्ता गठबन्धनले गत शुक्रबार (४ कात्तिक) बाट प्रदेशस्तरीय संयुक्त भेला आयोजना गरिरहेको छ। 

आसन्न निर्वाचनलाई लक्षित गरेर संयुक्त रुपमा भेला आयोजना गर्ने निर्णय अनुसार शुक्रबार गण्डकी प्रदेशको पोखरा र लुम्बिनी प्रदेशको बुटवलमा सत्ता गठबन्धनले संयुक्त भेला आयोजना गरेको थियो। 

धनगढीमा बिहान ११ बजे प्रधानमन्त्री शेरबहादुर देउवासहितका शीर्ष नेताहरु पुग्ने कार्यक्रम रहेको कांग्रेस कैलालीका सचिव केशव मिश्रले जानकारी दिए। 

धनगढीस्थित ओम पार्टी प्यालेसमा कार्यक्रम राखिएको उनले बताए। उनका अनुसार सुदूरपश्चिम प्रदेशका ९वटै जिल्लाका उम्मेदवार, हरेक  जिल्ला कार्यसमितिबाट ५ जना, प्रदेशमा रहेका पार्टीका केन्द्रीय सदस्यहरु लगायत कार्यक्रममा सहभागी हुनेछन्। 

धनगढीको कार्यक्रम सकेर नेताहरू कर्णाली प्रदेशको सुर्खेत जानेछन्।  सुर्खेतमा दिउँसो २ बजेबाट भेला सुरु हुने बताइएको छ। वीरेन्द्रनगरको शुभ होटलमा भेला राखिएको छ। 

भेलामा १० जिल्लाका प्रदेश र प्रतिनिधि सभाका ३६ वटै निर्वाचन क्षेत्रका उम्मेदवार सहभागी हुनेछन्।

सत्ता गठबन्धनले सात वटै प्रदेशमा संयुक्त भेला गर्ने, कहाँ कहिले? (तालिकासहित)

त्यस्तै, शनिबार (५ कात्तिक) मा मधेश प्रदेशको जनकपुरधाम र प्रदेश १ को विराटनगरमा संयुक्त भेला भएको छ। 

सत्ता गठबन्धनले प्रदेशस्तरीय अन्तिम भेला बागमती प्रदेशमा गर्ने जानकारी दिएको छ। काठमाडौंमा भोलि (कार्तिक ७) माओवादी केन्द्रको समन्वयमा बागमती प्रदेशस्तरीय संयुक्त भेला हुनेछ।

गठबन्धनले ‘संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन’ नाराका साथ सातै प्रदेशमा संयुक्त कार्यकर्ता भेला आयोजना गर्न लागेको बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .