नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत रग्बीमा पुरुषतर्फ सशस्त्र प्रहरीको एपीएफ क्लव र महिलातर्फ त्रिभूवन आर्मी क्लवले स्वर्ण पदक जितेका छन्।
पोखराको लेखनाथस्थित भण्डारी खेल मैदानमा बुधबार सम्पन्न प्रतियोगितामा पुरुषतर्फ एपीएफले लुम्बिनी प्रदेशलाई १०–७ को स्कोरले हराउँदै स्वर्ण पदक जितेको हो।
पुरुषतर्फ गण्डकी प्रदेशले काय पदक जितेको छ। गण्डकीले त्रिभुवन आर्मीलाई १०–५ ले हराउँदै कास्य जितेको हो।
महिलातर्फ आर्मीले मधेश प्रदेशलाई १०–० को स्कोरले हराउँदै स्वर्ण पदक हात पारेको हो। महिलातर्फ सुदूरपश्चिमले मधेश प्रदेशलाई ५–० ले पराजित गर्दै कास्य पदक हात पारेको हो।
42
Shares
प्रतिक्रिया