नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला हक्कीमा त्रिभुवन आर्मी क्लबले स्वर्ण पदक जितेको छ।
पोखरामा बुधबार भएको फाइनलमा आर्मीले गण्डकी प्रदेशलाई टाइब्रेकरमा ३–० गोल अन्तरले हराउँदै स्वर्ण पदक जितेको हो।
निर्धारित समयमा १–१ को बराबरी भएपछि खेलको निणय टाइब्रेकरबाट लिईएको हो। आर्मीको जितमा सीताकुमारी चौधरी, सरस्वती तामाङ र सीतामाया बलले गोल गरे।
त्यसअघि खेलको नवौं मिनेटमा आर्मीकी सरस्वती तामाङले गोल गर्दै सुरुवाती अग्रता दिलाएकी थिईन्। ११ औँ मिनेटमा गण्डकीका लागि सबिना पुन रानाले एक गोल फर्काइन्।
कास्यको लागि भएको स्पर्धामा सुदरपश्चिमले प्रदेश १ लाई २–० गोल अन्तरले हराएको हो।
18
Shares
प्रतिक्रिया