स्पेनिस ला लिगाअन्तर्गत आइतबार राति भएको खेलमा रियल मड्रिडले बार्सिलोनामाथि ३–१ गोल अन्तरको जित हात पारेको छ।
आइतबारको खेलमा रियल मड्रिडलाई जित दिलाउने क्रममा खेलको १२ औं मिनेटमाा करिम बेन्जेमाले गोद गर्दै अग्रता दिलाएका थिए भने ३५ औं मिनेटमा फेडेरिको भेल्भर्डले अर्को गोल थपेका थिए।
खेलको इन्ज्युरी समयमा पेनाल्टीमार्फत रोड्रिगोले गोल गरे।
खेलको ८३ औं मिनेटमा बार्सिलोनाका लागि फेरान टोरेसले गोल गरे पनि टोलीको हार भने टार्न सकेनन्।
यससँगै लिगमा रियल मड्रिड ९ खेलबाट २५ अंकका साथ शीर्षस्थानमा उक्लिएको छ भने समान खेलबाट २२ अंक जोडेको बार्सिलोना दोस्रो स्थानमा छ।
45
Shares
प्रतिक्रिया