खेल


करातेमा गण्डकी प्रदेश, सेना र सशस्त्रलाई समान तीन स्वर्ण

करातेमा गण्डकी प्रदेश, सेना र सशस्त्रलाई समान तीन स्वर्ण

नेपालखबर
असोज ३०, २०७९ आइतबार १६:४, पाेखरा

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत फुुल कन्ट्याक्ट करातेमा गण्डकी प्रदेश, नेपाल आर्मी र सशस्त्र प्रहरीको एपीएफले समान ३ स्वर्ण पदक जितेका छन्। 

शनिबार राति भएको खेलमा आयोजक गण्डकी प्रदेशले पुरुषतर्फ ३०-४०, ४५-५० केजीको तौल समूहमा स्वर्ण र महिलातर्फको ५०-५५ केजीको तौल समूहमा स्वर्ण पदक जितेको हो। 

आर्मीले खुला तौल समूहको पुरुष र महिलातर्फको ६०-६५ केजी तौल समूहमा स्वर्ण पदक  जितेको हो। एपीएफले महिलातर्फको ४५ केजी मुनि र ५० केजी मुनि तौल समूह र पुरुषतर्फको ४५ केजी मुनि तौल समूहमा स्वर्ण पदक जितेको हो। 

पुरुषतर्फको खुल्ला तौल समूहमा नेपाल आर्मीका बिजय सिंहले गण्डकीका रुपक नेपालीलाई पराजित गर्दै स्वर्ण पदक हात पारे। 

पुरुषतर्फको ६०-६५ केजी तौल समूहमा आमीकै सनी सिंहले स्वर्ण जित्दा गण्डकीका शिव भुजेलले रजत पदकमा चित्त बुझाए। 

पुरुषतर्फको ५५-६० केजी तौल समूहमा पुलिसका शुशान लामिछानेले आर्मीका विकास गुरुङले रजत पदक जिते। पुरुषतर्फको ५०-५५ केजी तौल समूहमा मधेश प्रदेशका धरमिन्दर रामले स्वर्ण जित्दा नेपाल आर्मीका चोकबहादुर बुढाथोकीले रजत पदकमा चित्त बुझाए। 

४५-५० केजी तौल समूहमा गण्डकीका अनीष बुढामगरले बागमतीका विजय राइलाई पराजित गर्दै स्वर्ण जिते। ४०-४५ केजी तौल समूहमा एपीएफका सुनील तामाङले आर्मीका राजकुमार यादवलाई हराउँदै स्वर्ण हात पारे। 

पुरुषतर्फको ३५-४० केजी तौल समूहमा गण्डकीका अभिषेक डिमडुङले आर्मीका सागर थिङलाई हराउादै स्वर्ण जिते। 

महिलातर्फको खुला तौल समूहमा नेपाल आर्मीका मञ्जु विकले वागतमी प्रदेशकी निशा बोहोरालाई पराजित गर्दै स्वर्ण जितिन्। ५०-५५ केजी तौल समूहमा गण्डकीकी धनी रानामगरले नेपाल आर्मीका पत्रिका चन्दलाई पराजित गरी स्वर्ण जितिन्।

४५-५० केजी तौल समूहमा एपीएफकी करिष्मा कार्कीले वागमती प्रदेशकी नविना घमाललाई हराउादै स्वर्ण हात पारिन्। ४० देखि ४५ केजी तौल समूहमा एपीएफकी रिना माझीले नेपाल प्रहरीकी अञ्जना ढुंगेललाई हराउादै स्वर्ण जित्नि। 

महिलातर्फको ३५-४० केजी तौल समूहको खेल विवादका कारण स्थगित भएको थियो। एपीएफले रेफ्रीले गलत निर्णय गर्दा आफ्नो खेलाडी पराजित भएको भन्दै विवाद गरेपछि खेल स्थगित भएको फुल कन्ट्याक्ट कराते प्रतियोगिताका सह–संयोजक दीपक गोदारले बताए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad