खेल


ग्वार्डिओलालाई भित्र्याउने दाउमा बार्सिलोना

ग्वार्डिओलालाई भित्र्याउने दाउमा बार्सिलोना

नेपालखबर
मंसिर ३०, २०७६ सोमबार ८:४७,

यो सिजन म्यान्चेस्टर सिटीको प्रदर्शन सुधार्न प्रशिक्षक पेप ग्वार्डिओला संघर्षरत छन्। लिग लिडर लिभरपुलभन्दा १४ अंक पछाडि तालिकाको तेस्रो स्थानमा छ सिटी।

त्यसैले यो सिजनको अन्त्यसँगै ग्वार्डिओलाले क्लब छाड्ने अनुमान गरिँदै आएको छ।

ग्वार्डिओलाकै पूर्वक्लब बार्सिलोनाले भने उनलाई भित्र्याउने तयारी थालिसकेको छ। सन्डे मिररका अनुसार ग्वार्डिओला पनि यो विकल्पमा विचार गरिरहेका छन्।

स्पेन, जर्मनी र इंग्ल्यान्ड तीनै देशमा सफल रहेको प्रशिक्षक ग्वार्डिओला बार्सिलोनामा सर्वाधिक सफल थिए। २००८ देखि २०१२ सम्ममा उनले दुई च्याम्पियन्स लिगका साथै अन्य कयौँ उपाधि हात पारेका थिए।

यद्यपि ग्वार्डिओलाले आफू क्लबमा सन्तुष्ट रहेको बताएका छन्।

पछिल्लो समय बार्सिलोना पनि कमजोर प्रशिक्षकका कारण संघर्षरत छ। वर्तमान प्रशिक्षक अर्नेस्टो भालभर्डे आफैँ क्लबमा लामो समय नटिक्नेमा विश्वस्त रहेको बताइन्छ।

उता ग्वार्डिओलाले छोडे सिटीले भर्खरै टोटेनह्याम छोडेर बसेका प्रशिक्षक माउरिसिओ पोचेटिनोलाई भित्र्याउने दाउमा छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .