समाज


ओबामा भन्छन्ः महिला उत्तम हुँदैनन् तर पुरुषभन्दा राम्रा हुन्छन्

ओबामा भन्छन्ः महिला उत्तम हुँदैनन् तर पुरुषभन्दा राम्रा हुन्छन्

नेपालखबर
मंसिर ३०, २०७६ सोमबार ८:४६,

सिंगापुरमा आयोजित एक कार्यक्रममा ओबामाले ‘निर्विवाद रुपमा महिला पुरुषभन्दा राम्रा’ हुने बताए।

उनले संसारमा कोही उत्तम नहुने बताउँदै पुरुषभन्दा महिला राम्रो भएको बताएका हुन्।

‘म महिलाहरु उत्तम हुन्छ भनेर भन्दिन किनभने संसारमा कोही उत्तम छैन। तर निर्विवाद रुपमा म यो भन्न सक्छु महिला पुरुषभन्दा राम्रा हुन्छन्।’ ओबामा भन्छन्,‘म विश्वस्त छु अबको दुईवर्ष भित्र संसारका प्रत्येक देश महिलाले संचालन गर्नेछन्। उनीहरुको नेतृत्वमा विश्व अझ सुन्दर बन्नेछ।’

ओबामाले संसारमा सबैभन्दा बढी समस्या वृद्ध मानिसबाट निम्तने बताउँदै, मुख्यगरी सत्ता र शक्तिमा रहेका पुरुषहरु समस्याको मुख्य कारक भएको बताए।

ओबामा भन्छन्,‘संसारमा सबैभन्दा बढी समस्या वृद्ध मानिसबाट निम्तिएको छ। किनभने उनीहरु आफ्नो स्थानबाट हट्न मान्दैनन्। राजनीति गर्नेले यो बुझ्नु पर्छ की उनीहरु त्यहाँ काम गर्न गएका हुन् जीवनभर बस्न होइन।’

 ओबामाले सो क्रममा सामाजिक संजालका कारण राजनीतिक ध्रविकरण बढेको पनि धारणा राखे।

ओबामाले सन् २००९ देखि २०१७ सम्म अमेरिकाको राष्ट्रपतिको जिम्मेवारी सम्हालेका थिए। उनी अमेरिकी नागरिकमाझ सर्वाधिक लोकप्रिय नेतामध्येमा पर्छन्। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .