नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष फुटबलको उद्घाटन खेलमा गैर आवासीय नेपाली संघ (एनआरएनए) ले राष्ट्रिय टोलीका खेलाडी खेलाएपछि प्रदेश १ ले प्रोटेष्ट हालेको छ।
लामाचौरस्थित गोस्टेघाट फुटबल मैदानमा एनआरएनले नियम विपरित सिनियर टोलीका खेलाडीलाई मैदान उतार्न लागेपछि प्रदेश १ ले खेलअघि नै विरोध गरेको थियो। तर आयोजकले खेलपछि प्रोटेष्ट हाल्न पाउने बताएपछि प्रदेश १ खेल्न तयार भएको थियो।
बिहीबार भएको खेलमा सिनियर टोलीसँगको खेलमा प्रदेश १, २–० ले पराजित भएको थियो। एनआरएनएका लागि संजोक राई र विमल घर्ती मगरले गोल गरेका थिए।
एनआरएनको टोलीमा अनन्त तामाङ, पुजन उपरकोटी, सुजल श्रेष्ठ, संजोक राई, विमल घर्तीमगर, विशाल राई, इशान खड्का र अशोक खवास सम्मिलित छन्।
खेलपछि प्रदेश १ ले साँझ नै नवौँ राष्ट्रिय खेलकुदका संयोजकलाई दाबी विरोध बुझाएका छन्। प्रदेश १ ले बुझाएको दाबी विरोध पत्रमा राखेपको खेल कार्य विधिमा सिनियर टोलीका ८ खेलाडी नपर्ने भएको भन्दै नतिजा आफ्नो पक्षमा दिन माग गरेको छ।
एनआरएनबाट खेल्न कम्तीमा १ सय ८० दिन विदेशमा बसोबास गरेको हुनुपर्ने भन्दै ८ खेलाडी नियविपरित खेलाइएको प्रदेश १ ले दाबी गरेको छ।
पत्रमा लेखिएको छ, ‘एनआरएनएको टोलीमा कुनै पनि खेलाडी सहभागी हुन कम्तिमा पनि १८० दिन विदेशमा बसोबास गरेको हुनुपर्नेमा मापदण्ड विपरित नेपाल भित्रका खेलाडीहरू खेलाइएको पाइएको हुँदा उक्त खेलको नतिजा कानुनी रुपमा हाम्रो पक्षमा हुने माग सहित यो दाबि विरोध पेश गरेका छौं।’
Shares
प्रतिक्रिया