ad ad

कारोबार


नेशनल माइक्रोफाइनान्स लघुवित्त र समीट लघुवित्तबीच मर्जरको सहमति

नेशनल माइक्रोफाइनान्स लघुवित्त र समीट लघुवित्तबीच मर्जरको सहमति

नेपालखबर
असोज २७, २०७९ बिहिबार २२:३, काठमाडौँ

नेपाल इन्भेष्टमेण्ट बैंक, कुमारी बैंक लगायत दश वटा बैंक तथा वित्तीय संस्थाद्वारा प्रवर्धित नेशनल माइक्रोफाइनान्स र समीट लघुवित्त वित्तीय संस्था लिमिटेडबीच मर्जरको सहमति भएको छ। 

संस्थालाई थप सबल,  सक्षम र दिगो रुपमा अगाडि बढाउनका लागि दुवै संस्थाहरुलाई एक आपसमा गाभ्ने÷गाभिने सहमति भएको कम्पनीहरुले जनाएका छन्। 

सो सम्बन्धी प्रारम्भिक समझदारी पत्रमा दुवै संस्थाका सञ्चालक समितिका अध्यक्षले हस्ताक्षर गरेका छन्। 

आपसी समझदारी अनुसार समीट लघुवित्त वित्तीय संस्था लिमिटेडको मर्जर स्वाप रेसियो अनुपात रु.८२ (अर्थात समीट लघुवित्त वित्तीय संस्था लिमिटेडको १०० कित्ता शेयर बरावर नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ८२ कित्ता) कायम हुने र मर्जर पश्चात संस्थाको सञ्चालक समितिको अध्यक्षमा नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका अध्यक्ष केशवप्रसाद आचार्य र प्रमुुख कार्यकारी अधिकृतमा राम बहादुर यादव रहने सहमति भएको छ।

मर्जर पश्चात हुने संस्थाको नाम नेशनल समीट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड हुने छ। त्यसैगरी संस्थाको चुक्तापूँजी रु.१ अर्व भन्दा बढी कायम हुनेछ।

ग्राहक सदस्य संस्या २ लाख भन्दा बढी हुनेछ भने लगानीमा रहेको कर्जा रकम रु. १७ अर्ब भन्दा बढी हुने छ। यसैगरी संस्थाको शाखा सञ्जाल देशको सातै प्रदेशको ७४ जिल्लाहरुमा विस्तार भइ कुल शाखा संख्या २०४ पुग्ने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .