ad ad

खेल


क्लब फुटबलमा रोनाल्डोको ७०० गोल, युनाइटेड पनि विजयी

क्लब फुटबलमा रोनाल्डोको ७०० गोल, युनाइटेड पनि विजयी

नेपालखबर
असोज २४, २०७९ सोमबार ९:२४, काठमाडौँ

पोर्चुगिज स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले क्लब फुटबलमा व्यक्तिगत ७०० गोलको कीर्तिमान पूरा गरेका छन्। 

रोनाल्डोले व्यक्तिगत ७०० गोल गरेको प्रिमियर लिगको खेलमा गएराति म्यानचेस्टर युनाइटेडले पनि एभर्टनलाई पराजित गरेको छ।

एभर्टनको घरेलु मैदानमा भएको खेलमा रोनाल्डोले बेन्चबाट आएर गोल गरेका हुन्। यससँगै यो सिजन खराब लय र समस्यबाट गुज्रिरहेका उनले एउटा अर्को कीर्तिमान चुम्न सफल भएका छन्। 

यद्यपि यो खेलमा अग्रता भने एभर्टनले लिएको छ। एभर्टनका एलेक्स ईओबीले पाँचौँ मिनेटमै गोल गर्दै अग्रता दिलाएका थिए। 

तर ब्राजिलियन एन्थोनीले खेलको १५ औँ मिनेटमा गोल गरेपछि युनाइटेड खेलमा फर्किएको थियो। 

खेलको २९ औँ मिनेटमा एन्थोनी मार्टियालको स्थानमा मैदान छिरेका रोनाल्डोले ४४ औँ मिनेटमा गोल गर्दै २-१ को अग्रता दिलाए। 

मार्टियल घाइते भएपछि रोनाल्डो मैदान छिरेका थिए। यो जितपछि युनाइटेड १५ अंकसहित लिगको पाँचौ स्थानमा पुगेको छ। उता पराजित एभर्टन १० अंक जोडेर लिगको १२ औँ स्थानमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .