ad ad

खेल


हल्यान्ड र फोडेनको ह्याट्रिकमा युनाइटेडविरुद्ध सिटी ६-३ गोल अन्तरले विजयी

हल्यान्ड र फोडेनको ह्याट्रिकमा युनाइटेडविरुद्ध सिटी ६-३ गोल अन्तरले विजयी

नेपालखबर
असोज १६, २०७९ आइतबार २१:०, काठमाडौँ

इंग्लिस प्रिमियर लिगमा आज भएको म्यानचेस्टर डर्बी भिडन्तमा सिटी विजयी भएको छ। 

नेपाली समयअनुसार आइतबार साँझ भएको खेलमा सिटीले युनाइटेडविरुद्ध ६-३ गोल अन्तरको जित हात पारेको हो।

पहिलो हाफमै ४ गोलले पछि परेको युनाइटेडले दोस्रो हाफमा भने ३ गोल फर्कायो। युनाइटेडका लागि एन्थोनी मार्सियलले पेनाल्टीसहित ८४ र ९१ औँ मिनेटमा २ गोल गरे। अर्को गोल डस सान्टोसले ५६ औँ मिनेटमा गरे। 

उता सिटीका लागि एर्लिङ हल्यान्डले ३४, ३७ र ६४ औँ मिनेटमा गोल गरे। सिटीका फिल फोडेनले ८, ४४ र ७२ औँ मिनेटमा गोल गरे।

दुई खेलाडीको ह्याट्रिकसहित सिटीले डर्बी भिडन्तमा बाजि मारेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .