खेल


ए डिभिजन लिगः उपाधि दाबेदार मछिन्द्रको विजयी सुरुवात

ए डिभिजन लिगः उपाधि दाबेदार मछिन्द्रको विजयी सुरुवात

नेपालखबर
मंसिर २८, २०७६ शनिबार ११:४,

 एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिबारबाट शुरु भएको लिगमा मछिन्द्रले बिग्रेड ब्वाइज क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो।

१९ मिनेटमा रन्जित धिमालले झण्डै ३० यार्डबाट गरेको प्रहार पोस्टमा लाग्दै फर्किएको थियो।

३०औं मिनेटमा विशाल राईको फ्रिकिक बारमा लागेर फर्केपछि रिबाउन्डमा आएको बलमा अनमार्क रहेका योगेश गुरुङले हेडर गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएका थिए।

५० औं मिनेटमा मछिन्द्रका दीपक राईले अग्रता दोब्बर पारे। उनले बिग्रेडका तीन जना रक्षकलाई छलाउँदै उत्कृष्ट गोल गरेका थिए।

७०औं मिनेटमा रन्जित धिमालको पासमा अभिषेक रिजालको हेडर पोस्ट नजिकैबाट बाहिरिएको थियो।

७६औं मिनेटमा मछिन्द्रले पाएको सुन्दर मौका कप्तान अनिल गुरुङले खेर फाले। अनिलले पेनाल्टी बक्स नजिकै गोलकिपर अघि बढेको अवस्थामा पाएको बललाई सम्हालिन नसक्दा पोस्ट बाहिर फालेका थिए।

लिगमा ए डिभिजनका १४ क्लबको सहभागिता रहको छ । गतवर्ष रेलिगेसन सिस्टम नराखेपनि यसवर्ष भने पुछारको एक टोलीको बी डिभिजनमा घटुवा हुनेछ।

लिग सञ्चालनको लागि कुल ६ करोड ३० लाख खर्च लाग्ने एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले बताए । सहभागी सबै क्लबलाई एन्फाले तयारीको लागि २०–२० लाख प्रदान गरिएको छ।

लिगको विजेताले ५० लाख, दोस्रोले ३५ लाख, तेस्रोले २५ लाख, चौथोले १५ लाख, पाँचौले ७ लाख र छैटौं स्थानमा रहने टोलीले ५ लाख प्राप्त नगद प्राप्त गर्ने छन्।

म्याच मनिका रुपमा हरेक खेलको विजेता टोलीले ५० हजार प्राप्त छ। खेल बराबरीमा रोकिएमा १५–१५ हजार प्रदान गर्ने एन्फाले जनाएको छ।

प्रतियोगितामा उत्कृष्ट ५ स्ट्राइकर, मिडफिल्डर, डिफेन्स, गोलकीपर र प्रशिक्षकले १ लाख ५० हजार प्राप्त गर्ने छन्। प्रत्येक खेलको म्यान अफ दी म्याचलाई १० हजार र प्रतियोगिताको फेयर प्ले टिमले १ लाख पाउने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad