ad ad

खेल


स्वदेशी प्रशिक्षकले राष्ट्रिय टोलीमा नराखेपछि नवयुगको असन्तुष्टि

स्वदेशी प्रशिक्षकले राष्ट्रिय टोलीमा नराखेपछि नवयुगको असन्तुष्टि

नेपालखबर
असोज ८, २०७९ शनिबार १२:५८, काठमाडौँ

आई लिग क्लब राउन्ड ग्लास पञ्जाबमा पुनः आबद्ध भएका गोलकिपर किरण चेम्जोङ केही दिनअघि मात्र भारत पुगिसकेका छन्। किरण आउने सम्भावना रहेको भन्दै बंगलादेशविरुद्ध मंगलबार हुने मैत्रीपूर्ण खेलका लागि कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाइँले ४ गोलकिपरसहित २३ सदस्यीय टोलीको बिहीबार घोषणा गरेका छन्। समान्यतः राष्ट्रिय टोलीमा ३ गोलकिपर राखिन्छ। 

मैत्रीपूर्ण खेलका लागि ४ गोलकिपर राख्ने निर्णय गरेका हुमागाइँले किन त्यस्तो गर्नुपर्यो भन्ने प्रश्नको चित्तबुझ्दो जवाफ भने दिन सकेनन्। ४ गोलकिपर राख्ने उनको निर्णयप्रति धेरैले आश्चार्य प्रकट गरेका छन्। पहिलो पटक राष्ट्रिय टोलीको जिम्मेवारी निर्वाह गर्ने क्रममा रहेका हुमागाइँको छनोट विवादरहित रहन सकेन। 

अझ राष्ट्रिय टोलीको पछिल्लो भ्रमण कुवेतमा एएफसी एसियन कप छनोटमा कप्तान रहेका नवयुग श्रेष्ठ हुमागाइँको टोलीमा नअट्दा कतिपयले उनीमाथि अन्याय भएको प्रतिक्रिया पनि दिएका छन्। त्रिभुवन आर्मी फुटबल क्लबका फरवार्ड नवयुगले भने समाजिक सञ्जालमा स्टाटस लेख्दै असन्तुष्टि जनाएका छन्। 

राष्ट्रिय टोलीको घोषणा भएको साँझ नवयुगले लेखे, ‘रोगको लक्षण– विदेशी हुँदा भित्र, स्वदेशी हुँदा बाहिर। रोगको नाम– चलखेल।’

राष्ट्रिय टोलीबाट यसअघि बाहिर हुँदा पनि नवयुगले खासै प्रतिक्रिया दिँदैन थिए। यसपटक भने उनले समाजिक सञ्जालमार्फत आफ्नो भावना पोखेका छन्। नवयुग तत्कालीन प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको छनोटमा पर्ने गरेका थिए। यसपटक स्वदेशी प्रशिक्षक हुमागाइँ हुँदा आफूलाई हटाइएको उनको गुनासो छ।

नवयुग मात्र होइन, सोही भ्रणममा टोलीको कप्तानीको मौका पाएका मनाङ मस्र्याङ्दी क्लबका मिडफिल्डर पुजन उपरकोटी पनि हुमागाइँको रोजाइमा पर्न सकेनन्। तत्कालीन मुख्य प्रशिक्षक अलमुताइरीले ११ खेलाडीबीच विवाद भएपछि उनले नवयुग र पुजनलाई कप्तानीको मौका दिएका थिए। 

त्यतिबेला अल्मुताइरीसँगको विवादपछि राष्ट्रिय टोलीको प्रशिक्षणबाट बाहिरिएका १० खेलाडी र माल्दिभ्सका रहेका किरणबाहेकको राष्ट्रिय टोलीको घोषणा गरिएको थियो। सोही प्रशिक्षणबाट बाहिरिएका र उपलब्ध हुन सक्नेलाई समेट्दै हुमागाइँले टोलीको घोषणा गर्दा नवयुग र पुजन अटेनन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .