नेपाली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा कुमार थापाले राजीनामा दिएका छन्।
दशरथ रंगशालामा बंगलादेश र नेपालबीचको खेल सकिएपछि पत्रकार सम्मेलन गर्दै थापाले टिम छाडेको घोषणा गरेका हुन्।
पाँचौपटक फाइनलमा पुगेको टिम बंगलादेशसँग ३–१ ले पराजीत भएसँगै उनले टिमबाट राजीनामा दिएका हुन्।
उनले टिम छाड्दै भने, ‘जीत दिलाउन सकिन त्यसमा दुःखी छु।’
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनल खेलमा नेपाललाई ३–१ ले पराजित गर्दै बगंलादेशले उपाधि उचालेको हो। दोस्रो पटक साफको फाइनल पुगेको बगंलादेशले उपाधि जितेको हो।
यसअघिका चार संस्करण उपाधि नजिक पुगेर भारतसँग पराजित हुँदै उपविजेतामा सिमित नेपाली टोलीले यो पटक पनि त्यो छविलाई हटाउन सकेनन्।
असोज ३, २०७९, साेमबार
270
Shares
प्रतिक्रिया