ad ad

खेल


समूह चरणमा हराएको भारतसँग फाइनलमा हार्‍याे नेपाल, गुम्यो उपाधि

समूह चरणमा हराएको भारतसँग फाइनलमा हार्‍याे नेपाल, गुम्यो उपाधि

नेपालखबर
भदौ २९, २०७९ बुधबार २२:२७, काठमाडौँ

समूह चरणमा सानदार सानदार जितदर्ता गरेको भारतसँग साफ यू–१७ च्याम्पियनसिपको फाइनलमा भने नेपाल पराजित भएको छ।

समूह चरणमा ३–१ ले हराएको भारतसँग फाइनलमा बुधबार बेलुका ४–० को लजास्पद हार व्यहोरेको हो। 

श्रीलंकाको कोलोम्बोमा यो हारसँगै नेपालले साफ यू–१७ को उपाधि चुम्ने मौका पनि गुमायो। खेलको पहिलो हाफमै १० खेलाडीमा सीमित बन्दा नेपालको उपाधि उचाल्ने अवसरमा धक्का लागेको हो। 

भारतले १७ औं मिनेटमा बबी सिंहको गोलमा अग्रता लिएको थियो । ३० औं मिनेटमा कौरोउ सिंहले गोल गर्दै अग्रता दोब्बर पारे। तर ३८ औं मिनेटमा नेपालका कप्तान प्रशान्त लक्षमले रातोकार्ड पाएपछि नेपाल १० खेलाडीमा सिमित बन्यो। 

१० खेलाडीमा सिमित नेपालमाथि दोस्रो हाफमा भारत थप हाबी भयो। ६३ औं मिनेटमा वानलालपेका गुइतले भारतलाई ३–० ले अघि बढाए। खेलको अन्तिम समयमा अमनले गोल गर्दा भारतको सानदार जित संभव बन्यो। 

यसअघि समूह चरणमा नेपालले भारतलाई ३–१ ले पराजित गरेको थियो।

समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको नेपाल आयोजक श्रीलंकामाथि ६–० को जित दर्ता गर्दै फाइनल प्रवेश गरेको थियो।

उपाधिको मुखमा पुगेर समूह चरणकै प्रदर्शन दोहो¥याउन नसक्दा निराश बन्न पुग्यो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .