ad ad

खेल


ए डिभिजन लिग: कतार एयरवेजसँग १ करोड ६९ लाखको प्रायोजन सम्झौता

ए डिभिजन लिग: कतार एयरवेजसँग १ करोड ६९ लाखको प्रायोजन सम्झौता

नेपालखबर
मंसिर २६, २०७६ बिहिबार ९:४८,

सहिद स्मारक ए डिभिजन लिगलाई कतार एयरवेजले मुख्य प्रायोजन गर्ने भएको छ।

यही मंसिर २८ बाट सुरु हुने नेपालको शीर्ष डिभिजनको फुटबल प्रतियोगिताको मुख्य प्रायोजन विश्वप्रसिद्ध एयरवेज गर्ने भएको हो।

कतार एयरवेज र एन्फाबीच बिहीबार एक कार्यक्रममाझ मुख्य प्रायोजकको सम्झौता भएको हो।

सम्झौता अनुसार मुख्य प्रायोजन वापत कतार एयरवेजले १ लाख ५० हजार अमेरिकी डलर(एक करोड ६९ लाख रुपैयाँ) उपलब्ध गराउनेछ। 

एयरवेज र एन्फाबीच एक वर्षका लागि सम्झौता भएको हो।

२८ गते हुने ए डिभिजन लिगको उद्घाटन खेलमा मछिन्द्र क्लब र बिग्रेड ब्वाइज क्लब खेल्दैछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .