ad ad

कारोबार


नेपालीहरुले अब विद्युतीय प्रयोगको जनजीवन अंगाल्नुपर्छ : कुलमान घिसिङ

नेपालीहरुले अब विद्युतीय प्रयोगको जनजीवन अंगाल्नुपर्छ : कुलमान घिसिङ

नेपालखबर
मंसिर २६, २०७६ बिहिबार ९:५३,

नेपाल विद्युत् प्राधिकरणका प्रबन्धनिर्देशक कुलमान घिसिङले नेपालमा उत्पादित विद्युतको खपत बढाउन सबै क्षेत्रलाई विद्युतीकरण गर्नुपर्ने बताएका छन्।

काठमाडौंमा आयोजित हाइड्राे कस्टुमर डेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रबन्धनिर्देशक घिसिङले उद्योग, यातायात, खाना पकाउने तथा सबै क्षेत्रलाई विद्युतीकरण गर्नसके आन्तरिक बजारको वृद्धि हुने बताएका हुन्।

क्षेत्रीय रुपमा भारत र बंगलादेशको बजारलाई समेत समेट्न सकिने भन्दै उनले भारतसँग त्यसका लागि विभिन्न सम्झौता भई छलफल जारी रहेको बताए।

भिडियाेः 

प्रबन्धनिर्देशक घिसिङले नेपालमा जलविद्युत् तथा सोलारको माध्यमबाट विद्युत् उत्पादन बढाउन लागिएको समेत बताए। माथिल्लो तामाकोशी सम्पन्न गरी छिट्टै विद्युत् आपूर्ति बढाउने योजनामा प्राधिकरण रहेको समेत उनले बताए।

kulman andritz 2

तामाकोशी एउटा बहुप्रतीक्षित परियोजना हो। त्यसमा देशको नै चासो रहेको छ। यो आएपछि नेपाललाई प्रशस्त बिजुली समेत हुने उनले जानकारी दिए। घिसिङका अनुसार प्रधानमन्त्रीले समेत यसको बारेमा प्रत्येक दिनजसो जानकारी राख्ने गरेका छन्।

जसअनुसार देशको लागि अत्यावश्यक रहेको यो परियोजनाले नेपालीको जनजीवनमा नै परिर्वतन ल्याउने घिसिङको भनाइ छ।

kulman andritz 3

नेपालीहरुले अब विद्युतीय प्रयोगको जनजीवनलाई अंगाल्नुपर्ने बताए।

उनले भने, ‘पर्यावरणीय दृष्टिकोणले जलविद्युत् आयोजनाको महत्व धेरै हुन्छ, यदि हामी कार्बन उत्सर्जनमा साँच्चै नै गम्भीर छौं भने जलविद्युतको प्रयोगलाई ऊर्जा आपूर्तिको प्रमुख स्रोतका रुपमा स्वीकार्नुपर्छ। खाना पकाउनदेखि गाडी कुदाउनसम्म, तातो पार्नदेखि चिसो बनाउनसम्म सबै काममा विद्युतको प्रयोग बढाउनुपर्छ।’

kulman andritz 5

सोही कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि अस्ट्रेलियन दूतावासका उपप्रमुख मत्थिअस रादोस्ज्तिच्सले नेपालको जलविद्युतले जलवायु परिवर्तनको समस्यालाई कम गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने विश्वास व्यक्त गरे।

उनले अस्ट्रेलियाले आफ्नो कुल ऊर्जा खपतको ६० प्रतिशत जलविद्युतबाट पूरा गर्दै आएको उदाहरण उनले उक्त कार्यक्रममा जानकारी गराएका थिए।

सबै तस्बिरः स्नेहा केसी/नेपालखबर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .