ad ad

खेल


मोहम्मद आली र माइक टाइसन भिडे कसले जित्ला? टाइसनको जवाफ यस्तो..

मोहम्मद आली र माइक टाइसन भिडे कसले जित्ला? टाइसनको जवाफ यस्तो..

नेपालखबर
मंसिर २६, २०७६ बिहिबार ८:५६,

बक्सिङलाई नजिकैबाट नियाल्नेहरु दुवैलाई उत्कृष्ट बक्सर भन्न रुचाउँछन्। यद्यपी उनीहरु कहिले काँही एक अर्काभन्दा उत्कृष्ट हुन् भन्ने विवादमा फस्छन्।

यी दुवै स्टार बक्सर एकै समयका होइनन्। तर बक्सिङ खेलका दर्शकको मनमा बारम्बार उब्जने प्रश्न हो,‘यदी आली र टाइसन समकालिन भए बक्सिङमा कसले जित्ने थियो?’

हालै एक अन्तर्वार्तामा टाइसनलाई सोधिएको थियो,‘तपाइँ र आली एकै समयको बक्सर भए बक्सिङमा कस्ले जित्ने थियो?’

नकआउट किङका रुपमा परिचित टाइसनले सहज रुपमा उत्तर फर्काउँछन्,‘संसारमा आलीजस्ता बक्सर जन्मिने छैनन्। मैलै कहिल्यै आलीलाई जित्न सक्दिन थिए।’

टाइसन आलीलाई बक्सिङका प्रेरणाको स्रोत मान्दछन्। आली विश्व बक्सिङका च्याम्पियन हुँदा टाइसन बाल्यकालमा आलीलाई टिभीमा हेरेर उनको बक्सिङ शैली सिक्थे।

सन् १९८० अक्टोबर २ तारिखमा मोहम्मद आलीलाई ल्यारी होम्सले नकआउट गर्छन्। टाइसनका अनुसार त्यसबेलाका किशोर उनी मोहम्मद आली पराजित हुँदा खुब रुन्छन् र ल्यारी होम्सलाई आलीका लागि भए पनि बदला दिने संकल्प गर्छन्।

Related image

सन् १९८६ मा टाइसन २० वर्षका हुन्छन्। उनी ट्रिभोर बेरबिकलाई बक्सिङमा पराजित गर्दै संसारका सबैभन्दा कान्छा हेभिवेट च्याम्पियन बन्छन्। टाइसनको यस रेकर्ड हालसम्म तोडिएको छैन।

सन् १९८८ मा आलीलाई पराजित गर्ने ल्यारी होम्ससँग भिड्ने टाइसनलाई संयोग जुर्छ। उक्त प्रतिस्पर्धामा आफ्नो संकल्पअनुसार टाइसन होम्सलाई नकआउट गर्न सफल हुन्छन्।

त्यसबेला आली टाइसनको खेल हेर्न पुगेका हुन्छन्। टाइसनले उक्त जित आलीका लागि समर्पित गर्छन्। आलीले तालि बजाउँछन्।

टाइसन यस क्षणलाई आफ्नो जीवनकै सबैभन्दा अविस्मरणीय क्षणको रुपमा लिने गर्दछन्।

आलीले आफ्नो खेल जीवनमा ६१ पटक व्यवसायिक बक्सिङ खेल्दा ५६ जित हात पारेका थिए। सन् २०१६ मा ७४ वर्षको उमेरमा आलीको निधन भएको थियो। टाइसनले भने ५८ पटक व्यवसायिक बक्सिङ खेल्दा ५० खेलमा जित हात पारेका छन्। स्पोर्ट्स बाइबल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .