बलिउड सुपरस्टार आमिर खान आजभोलि फिल्म लालसिंह चड्ढाको सुटिङमा व्यस्त छन्।
हालै कोलकाताको हावडा पुलनजिकै उनले सुटिङ गरिरहेको फोटो भाइरल भएपछि फिल्ममा आमिरको नयाँ लुक सार्वजनिक भएको छ। जसमा उनी लामोलामो दाह्रीजुँगामा देखिन्छन्।
वास्तवमा टम ह्यांक्स अभिनित फरेस्ट गम्प फिल्मको बलिउड रिमेक हो लालसिंह चड्ढा। सन् १९९४ मा आएको अघिल्लो फिल्मलाई आज पनि उत्तिकै मन पराइन्छ। उतिबेला पनि यो फिल्मले खुबै चर्चा बटुलेको थियो। यसले ओस्कारमा उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशक र उत्कृष्ट अभिनेतासहित अन्य कयौँ उपाधि हात पारेको थियो।
यो फिल्मको रिमेकका लागि मिस्टर पर्फेक्सनिस्ट भनिने आमिर खानले पनि खुब मेहनत गरेका छन्। महिनौँदेखि तयारी गरेर उनले फिल्म सुहाउँदो शारीरिक बनोट बनाएका छन्। दाह्री पालेका छन्।
तर, लालसिंह चड्ढा फरेस्ट गम्पजत्तिकै सफल होला या नहोला अहिले नै भन्न सकिन्न। एजेन्सी
प्रतिक्रिया