एन्थोनी गोर्डनको पेनाल्टी गोलमा न्यु क्यासल युनाइटेडले इङलिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीसँग अंक खोस्न सफल भएको छ।
शनिबार राति घरेलु मैदानमा भएको खेलमा न्यु क्यासल र सिटीले १–१ को बराबरी गर्दै अंक बाँडेका हुन्।
खेलको ३५ औँ मिनेटमा सिटीका डिफेन्डर जोस्को ग्वार्डियोलको गोलमा पाहुना टोलीले सुरुवाती अग्रता बनाएको थियो।
तर खेलको ५८ औँ मिनेटमा गोर्डनको पेनाल्टी गोलमा न्यु क्यासल बराबरीम आएको थियो। त्यसपछि खेलमा थप गोल हुन नसक्दा सिटी अंक बाँड्न बाध्य भएको हो।
बराबरीसँगै सिटी अंक तालिकाको दोस्रो स्थानमा छ।
गएराति नै भएको खेलमा चेल्सीले ब्राइटनमाथि तथा आर्सनलले लेष्टर सिटीमाथि समान ४–२ को जित दर्ता गरेका छन्।
42
Shares
प्रतिक्रिया