ad ad

कारोबार


डीएभी स्कुल वीरगञ्जको २६औं वार्षिकोत्सव

डीएभी स्कुल वीरगञ्जको २६औं वार्षिकोत्सव

नेपालखबर
मंसिर २५, २०७६ बुधबार ९:५८,

डीएभी स्कुल वीरगञ्जको २६ औं वार्षिकाेत्सव आज सम्पन्न भएको छ। नेपालमो यो स्कूल स्थापना गर्ने संस्थापकको रुपमा चिनिने स्वर्गीय शंकरलाल केडियाको ८४ औं जन्मजयन्तीको अवसर पारी एक सातादेखि स्कूलले विविध कार्यक्रम गरी यस वर्षको वार्षिक उत्सव मनाएको छ।

६ डिसेम्बर राष्ट्रिय स्तरको बक्तृत्वकल प्रतियोगिता,७ डिसेम्बर विज्ञान प्रदर्शनी तथा मेला, ८ डिसेम्बर खेल दिवस तथा मंगलवार वार्षिकउत्सवको विशेष सास्कृतिक कार्यक्रम तथा प्रशंसा पत्र वितरण गरी कार्यक्रम समापन भएको थियो।आजको विशेष कार्यक्रममा डीएभीका छात्रछात्राहरुले समाजिक कुरुति हटाउन विभिन्न सन्देशमुलक गीतसंगीत प्रस्तुत गरेका थिए।

वार्षिकउत्सवको अवसरमा विद्यालयको कामकाजमा योगदान पु¥याउने विद्यालयका प्रबन्धक दिलिप गुप्ता,शिक्षक सुधीर सिंह,दिपक क्षेत्री,चन्देश्वर साह,अन्जु बर्मा,मुन्ना साह,पलब ठाकुर,कर्मचारी विजय पटेलगायतलाई प्रशंसा पत्रसहित सम्मान गरिएको थियो।

विद्यालय सञ्चालक समितिका अध्यक्ष ताराचन्द केडियाको अध्यक्षता तथा विद्यालयका प्रधानाध्यापक डा.त्रिदेव उपाध्यायको संयोजनमा समापन भएको कार्यक्रममा प्रमुख अतिथि एवं काठमाडौका समाजसेवी चन्द्र केसी,विद्यालयका डाइरेक्टर प्रदिप केडिया ,विद्यालय सञ्चालन समितिका उपाध्यक्ष डा.विजयकुमार अग्रवाल,डिपिएसका प्रधानाध्यपाक डा. जिएस चौधरी,वीरगञ्जका व्यवसायी सत्यनारायण मित्तल,घनश्यामदास चाचान,परवानीपुर गाउँपालिका वडा नं ३ चैनपुरका वडा अध्यक्ष गजेन्द्र पटेललगायतको सहभागिता थियो।

१९९३ मा स्थापना भएको डीएभी स्कूल वीरगञ्जमा हाल प्ले समुहदेखि कक्षा १२ सम्म पढाई हुन्छ।जम्मा ६ सय ३१ जना विद्यार्थी अध्ययनरत छन् भने ४६ जना शिक्षक र २९ जना कर्मचारी कार्यरत छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .