समाज


झ्याप्लेखोलामा २ वटा बस पहिरोले पुर्‍यो, १४ जनाको शव निकालियो

झ्याप्लेखोलामा २ वटा बस पहिरोले पुर्‍यो, १४ जनाको शव निकालियो

नेपालखबर
असोज १२, २०८१ शनिबार २०:३८, काठमाडौँ

धादिङ र काठमाडौँको सीमाक्षेत्रमा पर्ने धुनिबेँसी नगरपालिका–९, झ्याप्ले खेलामा पहिरोले पुरिएका दुईवटा सार्वजनिक सवारी साधनबाट १४ जनाको शव निकालिएको छ। 

८ पुरूष, ५ महिला र १ बच्चाको शव निकालिएको प्रहरीले जनाएको छ ।

पहिरोले पुरिएको अवस्थामा लु १ ज ४५७८ नम्बरको माइक्रो बसबाट ५ वटा र नम्बर नखुलेको अर्को बसबाट ९ जना गरी १४ जनाको शव निकालिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए। 

पुरिएको माइक्रोबस बुटवलबाट शुक्रबार बिहान छुटेको बताइएको छ। शुक्रबार राति नै पुरिएको भए पनि शनिबार साँझ मात्रै गाडीसम्म प्रहरी पुगी यात्रुको शव निकालिएको हो।

हालसम्म प्राप्त विवरणअनुसार पश्चिम नेपाल बस व्यवसायी समितिको बुटवलस्थित टिकट काउन्टरबाट ९ जनाले टिकट काटेका थिए। जसमध्ये बुटवल कालिकानगरका ३, देवीनगरका ३ र सुख्खानगरका ३ जना थिए। गाडी चालक रमेश लुइँटेलले हाँकेका थिए।

देशका विभिन्न भेगबाट राजधानी काठमाडौँ प्रवेश गर्ने नौबिसे–नागढुंगा सडक ठाउँठाउँमा पहिरो गएपछि बिहीबार साँझदेखि अवरुद्ध छ। अहिले पहिरो पन्छाउने काम भइरहेको छ।

भिडिओ

निरन्तरको वर्षा, पहिरो र लेदो माटोका कारण पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन खण्ड क्षतविक्षत छ। झ्याप्लेखोला आसपास फसेका धेरै गाडीका यात्रुले लामो समयदेखि उद्धारका लागि हारगुहार गरिरहेका थिए। तीमध्ये कतिपय भागेर ज्यान जोगाएका थिए। उनीहरु पैदलै काठमाडौँ आइपुगेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad