धादिङ र काठमाडौँको सीमाक्षेत्रमा पर्ने धुनिबेँसी नगरपालिका–९, झ्याप्ले खेलामा पहिरोले पुरिएका दुईवटा सार्वजनिक सवारी साधनबाट १४ जनाको शव निकालिएको छ।
पहिरोले पुरिएको अवस्थामा लु १ ज ४५७८ नम्बरको माइक्रो बसबाट ५ वटा र नम्बर नखुलेको अर्को बसबाट ९ जना गरी १४ जनाको शव निकालिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए।
देशको विभिन्न भेगबाट राजधानी काठमाडौँ प्रवेश गर्ने नौबिसे–नागढुंगा सडक ठाउँठाउँमा पहिरो गएपछि बिहीबार साँझदेखि अवरुद्ध छ। अहिले पहिरो पन्छाउने काम भइरहेको छ।
निरन्तरको वर्षा, पहिरो र लेदो माटोका कारण पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन खण्ड क्षतविक्षत छ।
3.6k
Shares
प्रतिक्रिया