ad ad

खेल


बायर्न र बायरले १–१ को बराबरी खेल्दै अंक बाँडे

बायर्न र बायरले १–१ को बराबरी खेल्दै अंक बाँडे

नेपालखबर
असोज १३, २०८१ आइतबार ९:३, काठमाडौँ

जर्मन बुन्डेस लिगामा बायर्न म्युनिखले बायर लिभरकुसेनसँग बराबरी गर्दै अंक बाँडेको छ। 

शनिबार राति भएको खेलमा बायर्न र बायरले १–१ को बराबरी गर्दै अंक बाँडेका हुन्। 

लिगका ५ खेलमध्ये चार खेलमा जित र एक खेलमा बराबरी गरेको बायर्न १३ अंकसहित तालिकाको शीर्ष स्थानमा छ। 

समान खेलबाट १० अंक भएको बायर लिभरकुसेन तालिकाको तेस्रो स्थानमा छ। 

खेलको ३१ औँ मिनेटमा रोबर्ट एनरिचको गोलमा बायर लिभरकुसेनले सुरुवाती अग्रता बनाएको थियो। 

तर ३९ औँ मिनेटमा एलेक्जेनडर पावलोभिकको गोलमा बायर्न बराबरीमा आएको थियो। 

खेलका क्रममा ह्यारी केनले एङकलमा चोट बोक्न पुगेका छन्। खेलको ८६ औँ मिनेटमा एङकलमा चोट लागेपछि केनले मैदान छोडका थिए। केनको चोट गम्भीर नहुने आशा टोलीले गरेको छ। 

बायर्नले च्याम्पियन्स लिगमा बुधबार एष्टोन भिल्लाको सामना गर्दैछ। 

समान खेलबाट ३ खेलमा जित र २ खेलमा बराबरी गरेको आरबी लाइपजिग ११ अंकमा दोस्रो स्थानमा छ। 

गएराति नै भएको खेलमा लाइपजिगले अक्सबर्गमाथि ४–० को फराकिलो जित निकालेको थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .