खेल


भक्तपुरको दरबार स्क्वायरमा टी–२० विश्वकप ट्रफी प्रदर्शनी

भक्तपुरको दरबार स्क्वायरमा टी–२० विश्वकप ट्रफी प्रदर्शनी

भक्तपुरको दरबार स्क्वायरमा बुधबार सर्वसाधारणका लागि अवलोकनमा राखिएको यसै वर्ष अस्ट्रेलियामा आयोजना हुने टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको ट्रफी। तस्बिर : रमेश गिरी/रासस


नेपालखबर
भदौ १५, २०७९ बुधबार २०:१५, काठमाडौँ

भक्तपुरको दरबार स्क्वायरमा आज बुधबार टी–२० विश्वकप ट्रफी प्रदर्शनीमा राखिएको छ। आज दिउँसो १ बजेसम्म ऐतिहासिक सम्पदास्थल दरबार स्क्वायरमा प्रदर्शनमा राखिएको आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेटको ट्रफी खेलाडी, विद्यार्थीलगायत हजारौंले अवलोकन गरेका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा  यसै वर्ष अस्ट्रेलियामा आयोजना हुने टी–२० विश्वकप  क्रिकेट प्रतियोगिताको ट्रफी अवलोकन गर्दै। तस्बिर : रोशन सापकोटा/रासस

विश्वको १३ राष्ट्रको ३५ स्थानमा प्रदर्शन गरिने विश्वकपको सयदिने ट्रफी भ्रमणअन्तर्गत अस्ट्रेलियामा यसै वर्ष आयोजना हुने टी–२० विश्वकप ट्रफी नेपालमा ल्याएर भक्तपुर दरबार स्क्वायरमा प्रर्दशन गरिएको हो। ट्रफी नेपालमा दुई दिन राखिने छ।

प्रदर्शनीमा नेपाली क्रिकेट टिमका पूर्वकप्तान विनोद दास, खेलाडी शरद् भेषवाकर, महबुब आलम, रुबिना क्षेत्री र कलाकार सरोज खनाललगायतको सहभागितामा कार्यक्रमको महत्त्वमा प्रकाश पारिएको थियो। 

नेपालमा ल्याइएको क्रिकेटको विश्वकप ट्रफी सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा रहेको गोक्यो तालमा प्रदर्शनी गरिने नेपाल क्रिकेट एसोसिएसन (क्यान) ले जानकारी दिएको छ। यसअघि सन् २०१८ मा एक दिवसीय विश्वकपको ट्रफी पनि प्रर्दशनीका लागि नेपाल ल्याइएको थियो।

अस्ट्रेलियाको सात सहरमा आयोजना हुने विश्वकप अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म हुनेछ। विश्वकपमा १६ राष्ट्रले प्रतिस्पर्धा गर्ने भएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .