ad ad

खेल


सिटीले कमब्याक जित निकाल्दा इर्लिङ हालाण्डको ह्याट्रिक

सिटीले कमब्याक जित निकाल्दा इर्लिङ हालाण्डको ह्याट्रिक

नेपालखबर
भदौ ११, २०७९ शनिबार २२:१३, काठमाडौँ

पहिलो हाफमा २ गोलले पछि परेको अवस्थालाई उल्ट्याउँदै म्यानचेस्टर सिटीले शनिबार राति भएको इङ्लिस प्रिमियर लिग फुटबलमा क्रिस्टल प्यालेसलाई पराजित गरेको छ। 

सिटीले पहिलो हाफमा पछि परेको स्थितिलाई उल्ट्याएर क्रिस्टल प्यालेसविरुद्ध ४-२ गोलअन्तरको जित निकाल्दा इर्लिङ हालाण्डले ह्याट्रिक पूरा गरे। 

एत्तिहाद स्टेडियममा सिटीलाई जिताउने क्रममा हालाण्डले ह्याट्रिक गर्दा बर्नार्डो सिल्भाले पनि एक गोल थप्न सफल भए। 

उता पराजित क्रिस्टल प्यालेसका जोआचिम एण्डरसनले एक गोल गरे। सिटीका डिफेन्डर जोन स्टोन्सले एक आत्मघाती गोल उपहारस्वरुप प्यालेसलाई दिए। 

तर उपाधि रक्षा गर्ने होडमा रहेको सिटी पहिलो हाफमा आत्तिएको थियो। खेलको चौथो मिनेटमा जोन स्टोन्सले आत्मघाती गोल गर्दा प्यालेस अग्रता बनाउने अवसर पायो।

त्यसपछि खेलको प्यालेसका लागि खेलको २१ औँ मिनेटमा एण्डरसनले गोल गरेपछि अग्रता २-० मा पुग्यो। 

सिटी दोस्रो हाफमा आफ्नो लय समात्दै गोल गर्न सफल भयो। 

सिटीका लागि खेलको ५३ औं मिनेटमा बेर्नार्डो सिल्भाले गोल गरेर आशा जगाए।

त्यसपछि खेलको ६२ औँ मिनेटमा प्रमुख स्ट्राइकर हालाण्डले गोल गर्दा सिटीले खेल २-२ को बराबरी बनाउन सफल भयो। 

हालाण्डले नै खेलको ७० औँ मिनेटमा दोस्रो गोल गर्दा सिटी ३-२ ले अघि बढ्यो।

निरन्तर आक्रमण बुनेको सिटीका लागि हालाण्डले ८१ औँ मिनेटमा गोल गरेर खेललाई ४-२ मा पुर्‍याए। यसै सिजन सिटी आएका उनले प्रिमियर लिगमा पहिलो ह्याट्रिक पनि गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .