ad ad

खेल


राष्ट्रिय खेलकुद : बागमतीले सबै प्रतियोगितामा भाग लिने, प्रशिक्षणको व्यवस्था प्रदेश सरकारले गर्ने

राष्ट्रिय खेलकुद : बागमतीले सबै प्रतियोगितामा भाग लिने, प्रशिक्षणको व्यवस्था प्रदेश सरकारले गर्ने

नेपालखबर
भदौ १०, २०७९ शुक्रबार १८:४५, काठमाडौँ

बागमती प्रदेशले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी ४५ खेलाडीको बन्द प्रशिक्षणको व्यवस्था प्रदेश सरकारले गर्ने भएको छ। 
बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री रत्न प्रसाद ढकालले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी सो जानकारी गराएका हुन्। 

आगामी असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशको पोखरामा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुँदैछ।

राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा हुन लागेको प्रतियोगिताका सबै २६ वटै खेलमा बागमतीले प्रतिस्पर्धा गर्ने प्रदेश खेलकुद विकास परिषद बागमतीले जनाएको छ। 

परिषदका सदस्य सचिव सूर्यलाल भण्डारी र युवा तथा खेलकुदमन्त्री ढकालद्वारा जारी प्रेस विज्ञप्तिमा प्रतियोगिताको तयारीबारे जानकारी गराइएको छ।

विज्ञप्तिमा भनिएको छ, 

१) नवौँ राष्ट्रिय खेलकद–२०७९ अन्तर्गतको ३६ वटै खेल विधामा बागमती प्रदेशका सहभागिता रहनेछ। 

२) नवौँ राष्ट्रिय खेलकुद २०७९ मा सहभागी हुने प्रदेशका खेलाडीहरूलाई ४५ दिने बन्द प्रशिक्षण राख्ने निर्णय गरेको छ। साथै सो को व्यवस्थापन प्रदेश सरकारले गर्ने तयारी पूरा भैसकेको छ। 

३) बागमती प्रदेशले भदौ २० गतेभित्र प्रदेश छनौट गरी सक्ने गरी छनौट तालिका तथा तयारी गरेको साथै राष्ट्रिय खेलकुद परिषद्को निर्णयानुसार भाद्र २५ गतेसम्म खेलाडी विवरण पठाई सक्ने तयारी गरेको छ। 

४) बागमती प्रदेश अन्तर्गतका खेलाडीहरूको प्रदेश छनौट तथा नवौं राष्ट्रिय खेलकुद–२०७९ मा सहभागिताका लागि अनुमानित रकम रू ९ करोड ४४ लाख ८ सय रुपैयाँ खर्च हुने तथा सो को लागि प्रदेश सरकारका तर्फबाट रू ५ करोड विनियोजन भैसकेको तथा राष्ट्रिय खेलकुद परिषद्बाट रू ४९ लाख निकासा भएको र बाँकी रकम बागमती प्रदेश सरकार, आर्थिक मामिला तथा योजना मन्त्रालयमा माग गर्ने निर्णय गरेको छ। 

५) नवौं राष्ट्रिय खेलकुद–२०७९ मा बागमती प्रदेशका तर्फबाट फुल कोटामा ७०९ जना खेलाडीहरू सहभागी हुनेछन्। 

६) यस वर्षबाट बागमती प्रदेश सरकारले प्रदेश सरकारको प्राथमिकतामा परेका खेलहरूमा नवौं राष्ट्रिय खेलकुद २०७९ अन्तर्गत स्वर्णपदक विजेता खेलाडीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले मासिक रू ६ हजार भत्ता दिने निर्णय गरेको छ। सो कुराको सुनिश्चितता प्रदेश खेलकुद विकास नियमावली २०७६ दफा (१३) मा उल्लेख गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .