ad ad

खेल


नयाँ सिजनमा म्यानचेस्टर युनाइटेडको पहिलो जित

नयाँ सिजनमा म्यानचेस्टर युनाइटेडको पहिलो जित

नेपालखबर
भदौ ७, २०७९ मंगलबार ११:३३, काठमाडौँ

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले पहिलो जित हात पारेको छ। 

गएराति वर्ल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडले लिभरपुललाई २–१ गोल अन्तरले पराजित गरेको हो। 

युनाइटेडको जितमा जाडोन सान्चो र मार्कस रशफोर्डले समान १/१ गोल गरे। लिभरपुलका लागि एक मात्र गोल मोहमद सालेहले गरे।

युनाइटेड यसअघिका सुरुवाती दुवै खेलमा पराजित भएको थियो।  

खेलको १६औँ मिनेटमा एन्थोनी एलांगाको पासमा सान्चोले युनाइटेडलाई अग्रता दिलाएका थिए। दोस्रो हाफको सुरुमै युनाइटेडले अग्रता दोब्बर पार्‍यो। दोस्रो हाफमा मैदान प्रवेश गरेका एन्थोनी मार्सियलको पासमा मार्कोस रासफोर्डले ५३औँ मिनेटमा गोल गरे। 

रोनाल्डोलाई बेन्चमा राखेको खेलमा युनाइटेड सुरुबाटै आक्रामक खेलेको थियो। प्रमुख खेलाडीलाई चोटले सताउँदा लिभरपुलले भने लगातार आक्रमण गरे पनि युनाइटेडको डिफेन्स पार गर्न ८१औँ मिनेट लाग्यो। खेलको अन्तिम समयमा सालेहले लिभरपुलका लागि एक गोल फर्काए।

स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले भने लिभरपुलविरुद्ध अन्तिम ४ मिनेट मात्रै मौका पाए। ८६औँ मिनेटमा रशफोर्डको स्थानमा उनलाई मौका दिइएको थियो। 

यसअघि पहिलो खेलमा पनि उनलाई बेन्चमै राखिएको थियो र दोस्रो हाफमा मात्रै मौका पाएका थिए। दोस्रो खेलमा सुरुमै खेले पनि उनी गोलविहीन छन्। 

जितसँगै युनाइटेडले ३ अंक जोडेको छ। लिभरपुलले भने पहिलो हार ब्यहोरेको छ। यसअघिका दुवै खेलमा लिभरपुल बराबरीमा रोकिएको थियो। 

लिगमा शतप्रतिशत जितसहित आर्सनल शीर्षस्थानमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .