ad ad

खेल


न्युक्यासलले रोक्यो सिटीलाई, गुम्यो शीर्षस्थान रहने मौका

न्युक्यासलले रोक्यो सिटीलाई, गुम्यो शीर्षस्थान रहने मौका

नेपालखबर
भदौ ५, २०७९ आइतबार २३:४७, काठमाडौँ

इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी पनि बराबरीमा रोकिएको छ। 

ठूला टोलीले खराब सुरुवात गरिरहेका बेला सिटी पनि तेश्रो खेलमा रोकिएको हो। आइतबार राति न्युक्यासलसँग ३–३ को बराबरी खेल्दा सिटीले २ अंकसँगै शीर्षस्थानमा रहने मौका गुमाएको छ। 

खेलको सुरुवातमै पाहुना टोली सिटीले अग्रता लिए पनि एक गोलले पछि परेपछि न्युक्यासल आक्रामक बन्यो। गुन्डागनको गोलमा सिटीले पाँचौं मिनेटमा अग्रता लिएको थियो। 

तर २८ औं मिनेटमा मिगुइल अलमिरनले न्युक्यासललाई खेलमा फर्काए। कोलम वीलसनले अर्को गोल थप्दा पहिलो हाफमै क्युक्यासलले २–१ को अग्रता बनायो। ५४ औं मिनेटमा काइरन ट्रिपिरले क्युक्यासललाई ३–१ को अग्रता दिलाए पनि टोलिले सिटीको आक्रमण रोक्न सकेन।  

६ मिनेटपछि हल्याण्डले गोल गर्दै सिटीलाई पुनः खेलमा फर्काउने संकेत गरे। त्यसको ४ मिनेटपछि बर्नान्डो सिल्भाले सिटीलाई हारबाट जोगाए। लिगको तेश्रो चरणसम्म आर्सनल मात्रै सतप्रतिसत जितसहित शीर्षस्थानमा छ। 

लिभरपुल र म्यानचेस्टर युनाइटेड सोमबार राति भिड्दैछन्। युनाइटेड दुवै खेलमा पराजित हुँदा लिभरपुलले दुवै खेल बराबरी खेलेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .